माघ २२ गतेबाट देशभर रिलिज हुने फिल्म विन्दास ३ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अश्लिल दृश्य राख्न माहिर मानिएका निर्देशक गिरीले यसपटक पनि यसलाई छाडेका छैनन् । तर, पहिलेको सिक्वेलको तुलनामा यसमा यस्ता दृश्य नभएको राजुको भनाई छ ।
शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । शुभेच्छा थापा, अशोक फुयाँल, मनिष कार्की फिल्मका मुख्य कलाकार हुन् ।
निर्देशक गिरीले यसपटक विन्दास ३ आफ्ना लागि चुनौती पनि भएको बताउछन् । आफ्नै लगानीमा फिल्म बनाएकाले पनि चल्नुपर्ने धारणा उनको छ ।
यसअघिका २ सिक्वेलमा सुष्मा कार्की खेलेपनि यसपटक उनी देखिइनन् । यसैले पनि दर्शकले सुष्माको अभाव महुशश गर्न सक्छन् । सार्वजनिक भएको ट्रेलरले फिल्मको आंशिक कथा भनेको छ । यो फिल्ममा शुभेच्छा र कलाकार मनिष कार्कीका केही उत्तेजक दृश्य पनि छन् ।

