Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

दयाहाङले मागे बार्षिक ३० लाख

फिल्मीखबर, काठमाडौं, 2016/01/07

अभिनेता दयाहाङ राईले निर्माताबाट कुनै पनि फिल्ममा १५ लाखको पारिश्रमिक दिईन्छ भने बर्षमा दुई वटा मात्र फिल्म गर्ने बताएका छन् । फिल्मीखबरसँगको कुराकानीमा दयाहाङले कमर्सियल फिल्म मात्र गर्ने भन्दै हिजोको बजार र अहिलेको बजारसँग तुलना गर्दा पारिश्रमिक स्वभाविक रुपमा बढेको बताए ।

 

’कबड्डी कबड्डी’को सफलतापछि पारिश्रमिक बढाएको भन्ने खबरलाई खण्डन गरेका उनले हलमा दर्शक ल्याउन कलाकारहरुबाट जस्तो मेहनत हुन्छ, सोही प्रकारको पारिश्रमिकको आशा गर्नु गलत नभएको भन्दै आफुलाई बाच्ने आधार निर्माताहरुबाट हुन्छ भने ३० लाखमा बर्षमा २ वटा मात्र फिल्म खेल्न तयार भएको खुलाए । त्यस्तै आफुलाई अहिलेको अबस्थाका फिल्मको कलाकार भनेर चिनाउने अबस्था सृजना हुनुको श्रेय दयाले राजेश हमालहरुको पुस्तालाई दिएका छन् ।

 

’राजेश हमाल लगायतको टिमलाई अघिल्लो पुस्ता सम्झिने दयाले उहाँहरु हिँडेको बाटोलाई नै अहिलेको पुस्ताले अनुसरण गरेको भन्दै आफ्नो आगमनले राजेश हमाल विस्थापित भएको भन्ने कुराको खण्डन समेत गरे । ‘उहाँहरुले फिल्म नखेलेको भए हामी पनि खेल्न पाउने थिएनौं, उहाँको फिल्म नहेरेको भए नेपाली फिल्मप्रति चासो र चाहना बढ्ने थिएन, दयाले भने हाम्रो लागि राजेश हमालहरु नै अग्रज हो ।’

Most Visited News (monthly)