माघ २२ रिलिज फिल्म ’सुपरहिट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री बिनिता बराल हाबी छिन् । केहि बर्ष पहिले निर्माण भएर रिलिज हुन नसकेको यो फिल्मलाई पर्दामा ल्याउन तयारीमा जुटेको निर्माण टिमले प्रचार प्रसारलाई अघि बढाउँदै ट्रेलर सार्वजनिक गरेको हो ।
’मुभिज ईन्फिनिटी क्रियशनको ब्यानरमा बनेको यो फिल्मलाई सौरभ ढकाल र निराजनले मिलेर निर्देशन गरेका हुन । फिल्ममा बिनितासँगै दिब्यदेव, शिशिर राणा, मञ्जु श्रेष्ठ, सुदाम सिके, महेश त्रिपाठी लगायत अभिनयमा छन् । बिनिता भने अहिले अमेरिकामा छिन् । फिल्ममा सुरेश राईको संगीत छ ।

