Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

केकी ड्राईभरकी बुढी बन्दा...

फिल्मीखबर, काठमाडौं, 2016/01/08
अभिनेत्री केकी अधिकारी अभिनित फिल्म 'बागमती' अहिले हलमा लागिरहेको छ भने उनको अर्को फिल्म 'फन्को' लगत्तै आउँदो हप्ता हलमा आउँदैछ । 
 
 
रिलिजको एक हप्ता अघि शुक्रबार 'फन्को' निर्माण टिमले राजधानीमा प्रेस भेटघाटको आयोजना गर्यो । कार्यक्रममा फिल्मका कलाकार, निर्माता, निर्देशकदेखि अन्य फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिती थियो । जहाँ कलाकारहरुले फिल्म चल्ने आशासहित आफ्नो अनुभव सेयर गरे ।
 
अन्य फिल्ममा भन्दा भिन्न अभिनय गरेको बताउने केकी यो पटक टिपिकल नेपालीपना बोकेकी महिलाको भूमिकामा छिन् । उनले गाउँले शैलीको महिलाको भुमिका निभाएकी छिन् । फिल्मको सुटिङको समयको अनुभव सेयर गरेकी केकी ड्राईभरको पत्नि बन्दा निकै डराईन रे ! 
 
सौगात मल्लको अपोजिटमा रहेकी केकीले पतिले गाडी चलाउन पर्ने भुमिका रहेको र त्यसमा पनि सौगात मल्लले भर्खरै मात्र गाडी सिकेको हुनाले उनले गाडी चलाउँदा हरेक पटक 'हनुमान चालिसा' जपेको बताईन् । 'सिकारुले चलाएको गाडीमा बस्दासम्म हरेक समय तनाब भयो, मनमा डर मात्रै आयो', केकीले सुनाईन् । 
 
त्यस्तै अभिनेता दयाहाङ राईले फिल्मले एक कालखण्डको प्रतिनिधित्व गरको भन्दै सकेसम्म राम्रो काम गरेको धारणा राखे । सुवर्ण थापा निर्देशित फिल्ममा केकी, सौगात र दयासँगै प्रियंका कार्की, अनुप बराल लिड रोलमा छन् । 
Most Visited News (monthly)