Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

अडियोमा आयो 'नाई नभन्नु ल ४'को शिर्ष गीत

फिल्मीखबर, काठमाडौं, 2016/01/09

हिट सिरिज 'नाई नभन्नु ल'को चौथो सिक्वेलको शिर्ष गीतको अडियो सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक 'नाई नभन्नु ल' बोलको टाईटल गीतका शब्दहरु मर्मस्पर्शी लाग्छन् । प्रेमिल भावका गीतमा स्वर चर्चित गायल राजेशपायए राईले दिएका छन् । फिल्म नयाँ बर्ष २०७३ को छेकोमा आगामी चैत्र २६ मा रिलिज हुँदैछ ।

 

सार्वजनिक गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ । विकाश आचार्य निर्देशित फिल्ममा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउत, आँचल शर्मा लगायत मुख्य अभिनयमा छन् । त्यसो त यो फिल्म नेपालमा सबैभन्दा बढी सिक्वेल बनेको फिल्म हो ।

 

 लगातार हिट फिल्म पस्केका निर्देशक आचार्यको यो फिल्मलाई लिएर दर्शकहरु अहिले नै उत्साहित छन् । बाल कलाकार अनुभव रेग्मीको अभिनय कला तथा निर्देशकिय कलाले फिल्मको नाम धेरै दर्शकको मन मस्तिष्कमा छ । 

 

Most Visited News (monthly)