Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

पत्निसहित हमालले हेरे 'बागमती'

फिल्मीखबर, काठमाडौं, 2016/01/09

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बागमती'को साँझ राजधानीमा स्पेस शो गरियो । जहाँ फिल्म हेर्ने फिल्मकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो । 'बागमती' लिड कलाकार अभिनेता राजेश हमाल पत्नि मधु भट्टराईसँग देखिए । हमालको कुममा बेरिएर मधु हल छिरेकी थिईन् ।

 

 

सँगै अर्का पुराना अभिनेता शिव श्रेष्ठ, अभिनेत्री केकी अधिकारी, डेब्यु अभिनेत्री श्रेया कार्की लगायतले सँगै फिल्म हेरे । पर्यटन मन्त्री आनन्द पोखरेल प्रमुख अतिथी रहेको कार्यक्रममा उनले फिल्मी शैलीमा नेता भएको कारण धेरै बोल्छ भन्ने मान्यता जनतामा परेको भन्दै कम बोल्छु भन्दा हल हाँसोले गुञ्जिएको थियो । फिल्म हेरिसकेपछि सस्पेन्स थ्रिलर जनराको यो फिल्मको मेकिङ तथा सिनेमाटोग्राफीलाई दर्शकले राम्रो तारिफ गरे ।

 

 

धेरै कुरा सिक्वेलको लागी छाडेको यो फिल्म पुर्ण रुपमा हेर्न नपाएको धेरैको गुनासो थियो । दक्षिण भारतिय निर्देशक सन्नी केरालाले बनाएको यो फिल्ममा हमाल, शिव र केकीसँगै श्रेया कार्की रबिकर घिमिरे, ध्रुब कोईराला लगायत अभिनयमा छन् । दिनेश दर्शनधारी र बिजय सत्याल प्रस्तुतकर्ता रहेको फिल्ममा नागेन्द्र घिमिरेले प्रोडक्शनको सम्पुर्ण काम सम्हालेका थिए । अनिष नापित कार्यकारी निर्माता रहेको 'बागमती'मा लगानीमा भने यशोधा राई र सुवर्ण महर्जनले पनि साझेदारी गरेका छन् ।

Most Visited News (monthly)