माघ २९ मा नेपाली तीन फिल्म रिलिज हुँदैछन्, यो जानकारी दर्शक तथा पाठकको लागि पुरानो भईसक्यो । यो मितिमा ‘प्रेमगीत’, ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’ रिलिज हुँदैछन् । तर मल्टिप्लेक्स ताकेका ‘क्लासिक’ र ‘प्रेम गीत’को यात्रा भने सहज बन्ने देखिँदैन् ।

किनकी यही मितिमा बलिउडका पनि अन्य तीन फिल्म रिलिज हुँदैछन् , जसमा दुई फिल्मले नेपाली मल्टिप्लेक्समा दर्शक तान्न सक्छन् । भ्यालेन्टाईन स्पेसल मिति फेब्रअरी १२ मा रिलिज हुने बलिउड फिल्म हुन् ’फितुर’,र ’सनम रे’ हुन् । रोमान्टिक जनराको ‘फितुर’मा कट्रिना कैफ र आदित्य रोय कपुर लिड रोलमा छन् । फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका हुन् । त्यस्तै ‘सनम रे’लाई दिव्या खोस्ला कुमारले निर्देशन गरेकी हुन् ।
फिल्ममा पुल्कित सम्राट र यामी गौतम लिड रोलमा छन् । तर ’फितुर’ र ‘सनम रे’ले नेपाली फिल्मको मल्टिप्लेक्स यात्रामा बाधा पुर्याउने निश्चित छ । नम्रता श्रेष्ठ, आर्यन सिग्देल लिड रोलमा रहेको ’क्लासिक’ र प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा रहेको ’प्रेम गीत’को हाईप अहिले नै उच्च छ । दुबै फिल्म लभस्टोरी जनराका हुन्, सांगितिक हिसाबले दुबै फिल्म उत्कृष्ट ठहरिसक्दा बिजनेश के हुन्छ भन्ने अनुमान सुरु भईसकेको छ ।

