Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15583 - 15588 of 23746
फिल्मीखबर, काठमाडौं, 2015-08-31, सोमवार

‘कबड्डी’का काजी र मैया फेरि फर्किएका छन् । ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’मा काजी र मैंयाको नोक झोक फर्किएको हो । सोमबार पोस्टर तथा टिजर सार्वजनिक गर्दै निर्माण समूहले फिल्मको भिडियो लुक बाहिर ल्याएको हो । सार्वजनिक टिजरमा काजी बनेका दयाहाङ र मैंया बनेकी रिश्मा गुरुङको फुटेजले प्राथमिकता पाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-31, सोमवार

शुक्रबारदेखि प्रदर्शन भइरहेको निखिल उप्रेतीको भैरव फिल्मका गीतहरु अहिले चर्चामा छन् । फिल्ममा समाबेश तीन मध्ये बिशेषगरी नाच भैरे नाच र दिलको मामला अहिले जनजिब्रोमा झुण्डिएका छन् । तर, कतिपयलाई थाह छैन, यी दुई गीतको गायक को हुन् भनेर । ती गायक हुन–जोहान दारुवाला ।मुम्बइ निवासी २१ बर्षीय भारतीय युवा जोहान यसै बर्षभित्र पाश्र्व गायकका रुपमा बलिउडमा डेब्यु गर्दैछन् । भैरवका प्रस्तुतकर्ता रतन दारुवालाका छोरा जोहान केही दिनअघि काठमाडौं आएका थिए । उनीसँग गरिएको कुराकानी ः

फिल्मीखबर, काठमाडौं, 2015-08-31, सोमवार

आफू र निर्देशक निश्चल बस्नेतको विवाहको खबरलाई अभिनेत्री स्वस्तिमा खड्काले अस्विकार गरेकी छिन् । केही अनलाइन पोर्टलमा निश्चल र होस्टल रिटन्र्स फेम स्वस्तिमाले विवाह गर्न लागेको खबर बाहिरिएपछि समाचारमा प्रतिक्रिया जनाउँदै स्वस्तिमाले विवाहको खबर अफवाह मात्र भएको बताएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-31, सोमवार

आठौ संकरणसम्म आइपुग्दा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डलाई भव्य बनाउन कुनै कसर नराख्ने बताएको छ । नेफ्टाका अध्यक्ष मनोज केसीले अघिल्ला गल्तीहरुबाट पाठ सिकेर अवार्डलाई भव्य बनाउने तयारी भैरहेको बताए ।

एजेन्सी, मुम्बई, 2015-08-31, सोमवार

बलिउड अभिनेत्री अमृता राव अहिले खासै चर्चामा छैनन् । ‘विवाह’, ‘मै हुँ ना’ लगायतका फिल्ममा काम गर्दा उनको जुन खालको चर्चा थियो, अहिले हराएको छ ।
उनै अभिनेत्रीलाई लाग्छ फिल्म भनेको जथाभावी खेल्नु हुदैन । अमृता आफूले दर्शकले याद राख्ने फिल्ममा काम गर्ने बताउँछिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-30, आईतवार

विगतमा सात जनालाई प्रदान गरिँदै आएको छात्रवृत्ति नेपाल चलचित्र विकास बोर्डले बढाउँदै १० जनामा पुर्याएको छ । चलचित्र बिकास बोर्डले विगत लामो समयदेखि प्रदान गर्दै आएको छात्रवृत्ति कोटामा संख्या थप गरेको हो । काठमाडौंस्थित ओस्कार इन्टरनेसनल कलेजमा फिल्म विषय लिई ब्याचलर इन फिल्म स्टडिज अध्ययन गर्न चाहनेले यो छात्रवृत्ति पाउनेछन् । कलेजमा तीनवर्षे स्नातक अध्ययन गराइन्छ ।

Results : 15583 - 15588 of 23746
Most Visited News (monthly)