Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हलमा नलाग्दै नाफामा ‘नाई नभन्नु ल ४’

फिल्मीखबर, काठमाडौं, 2016/01/10

फिल्म निर्माता विकास आचार्य साच्चिकै भाग्यमानी छन् । फिल्म ‘नाई नभन्नु ल’ को सिक्वेल बनाएरै आम्दानी गरिरहेका छन् उनले । विकासको यो फिल्म चल्ने पक्का जस्तै हुन्छ । यसैले यो फिल्म चलाउन वितरकदेखि हलवालाहरुमा पनि तछाडमछाड देखिन्छ ।


यही फिल्मको चौथो सिक्वेलले पनि चल्नु अगाडि नै आफ्नो लगानी मात्र सुरक्षित गरेको छैन, नाफा पनि कमाइसकेको छ । फिल्मलाई वितरक कम्पनी एफडी काठमाण्डौ बाहिरका लागि ५० लाख एमजी दिएको निर्देशक आचार्य दाबी गर्छन् ।

 

फिल्मले पैसा कमाएपनि नकमाएपनि निर्माताले ५० लाख पाउने पक्का हो । यो भन्दा माथिको व्यापार गरेपछि एफडीको भागमा ४० र निर्माताको भागमा ६० प्रतिशत शेयर आउनेछ ।काठमाण्डौमा भने निर्माता सुनिल मानन्धरले यो फिल्मका लागि ३५ लाख एमजी दिएका छन् । ३५ लाख माथि कमाएपछि निर्माता र वितरकको भागमा ५०–५० प्रतिशत शेयर आउनेछ ।


निर्माताले फिल्म नचल्दै ८५ लाख सुरक्षित गरिसकेका छन् । भीसीडी, गीतसंगीतको अधिकारलाई हेर्ने हो भने फिल्मको कमाई १ करोड पुगेको छ ।फिल्म चल्ने पक्का भएकै आधारले एमजी दिएको वितरकहरु बताउँछन् । सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउत, आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ७० लाखमा सकिएको विकासको भनाई छ । विदेशको कमाई निर्माताको पोल्टोमा स्पष्ट नाफामा जाने छ ।

Most Visited News (monthly)