Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल फेरि ब्याड ब्वाई ? आयो वर्षकै प्रतिच्छित फिल्म `ड्रिम्स`को ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2016/01/11

बहुप्रतिक्षित  फिल्म ‘ड्रिम्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सुन्धारास्थित सिने दि सेफ सिनेमा हलमा फिल्मको ट्रेलर लन्च गरिएको हो । ट्रेलरमा अनमोलको दोहोरो चरित्र देखाईएको छ । एक भागमा उनी लभरब्वाई देखिएका छन् भने अर्को भागमा ब्याडवाई देखिएका छन् ।

 



 ट्रेलर लन्च अघि बोल्दै निर्देशक भुवन केसीले फिल्म ‘ड्रिम्स’ले छोरालाई लिएर स्तरीय फिल्म बनाउने सपना पूरा भएको बताए ।  उनले भने, ‘अनमोल ठूलो भएदेखिनै उसलाई लिएर फिल्म बनाउने धोको थियो त्यो बल्ल पूरा भएको छ । नेपाली फिल्म उद्योगलाई स्तरीय फिल्म दिने कोशिस गरेका छौं । आशा छ दर्शकले हाम्रो प्रयासलाई साथ दिनुहुनेछ ।'

 



३० वर्ष अभिनयमा बिताएका भुवन केसीले यही फिल्म मार्फत निर्देशकमा डेब्यु गरेका हुन् । फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् । अनमोलले पनि आफ्नो व्यानरबाट बनेको सातौं फिल्ममा काम गर्न पाउँदा खुशी लागेका बताए ।‘काजल फिल्मस्ले सधैं नै स्तरीय फिल्म बनाउँदै आएको छ । यो ब्यानरबाट फिल्म खेल्ने मेरो सपना पनि पूरा भएको छ,’ छोटो बोलेका अनमोलले भने ।


यही फिल्मबाट मोडल साम्राज्ञीराज्यलक्ष्मी शाहले डेब्यु गर्दैछिन् । उनले पनि भुवन केसीको ब्यानरबाट डेब्यु गर्न पाउनु सौभाग्य नै रहेको बताइन् । ‘सानैदेखि फिल्मप्रति प्यासोनेट थिएँ तर यसरी भुवन दाइको ब्यानरबाट हिरोइन डेब्यु गरुँला चिताएकी पनि थिइन । आफूलाई लक्की ठानिरहेकी छु,’ साम्राज्ञीले भनिन् ।

 

तस्बिरहरु : बिनोद पोखरेल (फिल्मीखबर डट कम)



फिल्मबाट इमेज च्यानलकी भिजे सन्ध्या केसीले पनि डेब्यु गर्दैछिन् । उनी विशेष अतिथी भूमिकामा रहेको बुभmिएको छ । प्रेमकथा श्रेणीको फिल्ममा दिवाकर भट्टराईले एसोसिएट निर्देशकको रुपमा काम गरेका छन् ।  फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सञ्जय लामाको छायांकन, बसन्त अधिकारीको मुख्य सहायक निर्देशन,बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, विशेष पाण्डे रोदित र हरकुलिश बस्नेतको संगीत रहेको छ ।

 

सार्वजनिक ट्रेलर साहिल खानले काटेका हुन् । फिल्ममा दर्शना केसी, अमित श्रेष्ठ, न्यासी थापा आदिको पनि अभिनय रहेको छ । फागुन २१मा प्रदर्शनमा आउने फिल्म काठमाडौं, मुस्तांग र पोखरामा खिचिएको हो ।

 

 

Most Visited News (monthly)