बारबार प्रदर्शन मिति तय भएर पनि रिलिज हुन नसकेको फिल्म ‘राहदानी’ अब भने रिलिज हुने छाँट देखिएको छ । निर्देशक डब्बु क्षेत्रीका अनुसार फिल्म चैत्र १२ मा रिलिज हुने भएको छ । यसअघि चार, पाँच पटकसम्म मिति तोकेर अन्त्यमा रिलिज हुन नसकेको फिल्म अब पर्दामा आउला त ? धेरैको कौतुहलताको बिषय बनेको छ ।
बैदेशिक रोजगारीको समस्या उठान गरिएको लक्ष्मी ढकालको प्रस्तुतीमा तयार भएको हो । फिल्मका लेखक पनि निर्देशक पनि डब्बु नै हुन् । राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ ।
मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई फिल्ममा विषय उठान गरिएको निर्देशक क्षत्रीले बताए । फिल्म नेपाल र मलेशियामा खिचिएको छ ।

