फिल्म ‘कैफियत’ माघ २२ गतेबाट देशभर रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री नन्दिता केसी मात्र पुरानी कलाकार छिन् । फिल्मका निर्देशक, अभिनेता, निर्माता सबै नयाँ छन् । यसैले पनि ‘कैफियत’ चल्नमा अभिनेत्री केसीको महत्वपूर्ण भूमिका हुने देखिएको छ ।
दशरथ गिरीले निर्देशन गरेको यो फिल्मलाई चिन्तामणी बराल र धना देवकोटाले निर्माण गरेका हुन् । २ निर्माता र निर्देशक नयाँ हुन् । तर, ‘कैफियत’ हेरेका धेरैले दशरथको कामको तारिफ गरिसकेका छन् । ‘कैफियत’ राम्रो फिल्म बनेको प्रतिक्रिया विभिन्न ठाउँबाट आइसकेको छ ।
फिल्ममा नन्दिताको साथमा शंकर शाही ठकुरी देखिएका छन् । शंकर नेपाली फिल्मका लागि नयाँ पात्र हुन् । तर, उनको लुक्स र ट्रेलर हेरिसकेपछि उनको पनि तारिफ भैरहेको छ ।
पारिवारिक, द्धन्द्धात्मक र रोमान्सको कथामा कैफियत निर्माण भएको छ । फिल्म हेरेकाहरुबाट आएको प्रतिक्रियाले निर्देशक गिरी अब यो क्षेत्रमा लामो समयसम्म रहिन्छ कि भन्ने आशामा देखिएका छन् ।
फिल्म ‘लोग्ने मान्छे’ नचलेपछि नन्दिताका लागि ‘कैफियत’को व्यापार महत्वपूर्ण बनेको छ । माघ २२ गते यदि हलमा यो फिल्म हेर्नका लागि दर्शकको भीड लागेको खण्डमा नन्दिता, अभिनेता, निर्माता र निर्देशकका लागि ठूलो फड्को हुने देखिएको छ ।

