Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गज्जब बन्दैछ फिल्मको मेकिङ

फिल्मीखबर, काठमाण्डौ, 2016/01/12

गरे के हुँदैन, मिहिनेत गर्ने हो भने कुनै पनि कुरालाई मानिसले रुचाउँछन् । झन्, त्यसमाथि ब्रान्ड बनाउन सक्ने हो भने त, कमालै हुन्छ । फिल्म चलेन, करोडौ रुपैयाँ डुब्यो भनेर निर्माताले टाउको दुखाउनु नपर्ने पछिल्लो समयमा देखिएको घटनाक्रमले प्रष्ट पार्छ ।


नेपाली फिल्मको गुणस्तर बढेसँगै अहिले निर्माताले त्यसको रिटर्न पनि पाउन थालेका छन् । यसैले पनि होला अहिले फिल्म मेकिङमा निर्माताले ध्यान दिन थालेका छन् ।
अहिले वितरण कम्पनीहरु विच पनि आशा गरिएका फिल्मलाई एमजी दिएर किन्ने प्रचलन बढ्न थालेको छ । कतिपय फिल्म त छायांकनमै नजादै नाफामा पुगिसकेका छन् । यसको मुख्य कारण, फिल्मको ब्रान्ड र मेकिङ नै हो ।


विचमा अश्लिल फिल्मका कारण धरासायी बनेको नेपाली फिल्मको बजार अहिले फेरि आकासिएको छ । निर्माताले करोड माथिको रकम खर्च गरेर फिल्म बनाउन थालेका छन् । कुनै पनि कुरामा संझौता हुन छाडेको छ ।‘कबड्डी कबड्डी’ ‘परदेशी’, ‘भैरव’, ‘लुटेरा’, लगायतका फिल्मले राम्रो कमाई गरे । अब, चल्न लागेका फिल्मको गीत र मेकिङलाई हेर्ने हो भने पनि कसैले फिल्म असफल हुन्छ भनेर ठोकुवा गर्न सक्दैनन् ।


फिल्म ‘नाई नभन्नु ल ४’ ले गीत र मेकिङकै कारण चल्नु अगाडिन नै ८५ करोड कमाईसकेको छ । अभिनेत्री रेखा थापाको फिल्म ‘रामप्यारी’ले पनि राम्रो कमाई गर्छ भनेर टिप्पणी नगर्ने कोही छैन । फिल्म ‘क्लासिक’, ‘प्रेमगीत’को मेकिङ र गीतसंगीतलाई तारिफ नगर्ने सायदै होलान् । सोमबार मात्र रिलिज भएको फिल्म ‘ड्रिम्स’को ट्रेलरले २४ घन्टा नवित्दै १ लाख भन्दा बढी भिजिटर युटुबमा पाइसकेको छ । वैशाखमा चल्ने फिल्म ‘गाजल’ुमाथि निर्माता रोहित अधिकारीले डेढ करोड लगानी गर्ने पक्का छ । निर्माताले पनि राम्रो एमजी र ओभरसिज मार्केट पाइसकेका छन् ।


नेपाली फिल्ममा राम्रो रकम लिएर काम गर्ने कलाकारदेखि प्राविधिक अगाडि आइसकेका छन् । फिल्म मेकिङ हचुवाको खेला होइन भन्ने फेरि निर्माताले वुझेका छन् । दर्शकले पनि राम्रा फिल्मलाई मनदेखि साथ दिन थालेका छन् । नेपाली फिल्मको मेकिङ र ब्रान्डिङमा देखिएको यो कदम सकारात्मक छ । आशा गरौ, कुनै समय संकटकाल नै लगाउनु पर्ने अवस्थामा पुगेको नेपाली फिल्मको बजार यसरी नै उचाइमा पुग्नेछ ।

Most Visited News (monthly)