Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आधुनिक ‘जंगे’ वैशाखमा

फिल्मीखबर, काठमाडौं, 2016/01/11

करिब एक बर्ष पहिले नै फिल्म जंगे निर्माण भयो । तर निर्माण सम्पन्न भएर पनि केहि समय निर्माण युनिट गुपचुप रह्यो निर्माता रहेका सुसन प्रजापती तथा संवाद लेखक अग्रज केसी अष्ट्रेलिया हानिए । अहिले पनि उनीहरु उतै छन् । तर फिल्मको रिलिज मिति घोषणा भएको छ । अब जंगे दर्शकले पर्दामा नयाँ बर्ष २०७३ को बैशाख १७ मा देख्न पाउने भएका छन् ।

 

सुबास कोईरालाको लेखनमा तयार भएको यो फिल्म संभवत नयाँ बर्षपछि रिलिज घोषणा गरिएको पहिलो फिल्म हो । उत्कल थापाको निर्देशन रहेको फिल्मको निर्माणमा उत्कलले पनि सुसनसँग सहकार्य गरेका छन् । फिल्म आइडियाज एण्ड इमेजेजको ब्यानरमा निर्माण भएको हो ।

 

फिल्मले सुटिङको समयमा नै केहि चर्चा पाएको थियो । यो फिल्ममा नाई नभन्नु ल को दोश्रो सिक्वेलबाट फिल्म क्षेत्रमा आएका सुरजसिंह ठकुरीसँगै ऋचा शर्मा, शिखा शाही लिड रोलमा छन् । फिल्मलाई मधेश क्षेत्र अन्तर्गत पर्ने पर्सा जिल्ला आसपासमा खिचिएको छ । सिनेमाटोग्राफर निर्माता रहेका सुसन नै हुन् ।

Most Visited News (monthly)