Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बलिउड हलिउडसँग `ड्रिम्स`को प्रतिस्पर्धा : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2016/01/12
अभिनेता तथा निर्माता भुवन केसी फिल्म 'ड्रिम्स'मार्फत निर्देशक बनेका छन् । उनको डेब्यु निर्देशनको यो फिल्मको एक कार्यक्रमका बीच सोमबार ट्रेलर सार्वजनिक गरियो । रिलिज अगाबै राम्रो चर्चा पाउन सफल यो फिल्म फागुन २१ मा रिलिज हुँदैछ । 
 
कार्यक्रममा प्रफुल्लित मुद्रामा देखिएका भुवनले आफुले फिल्म अन्तर्राष्ट्रिय स्तरको बनाएको भन्दै लडाई बिदेशी फिल्मसँग हुने जिकिर गरे । ‘अन्य नेपाली फिल्म भन्दा ड्रिम्स निकै स्तरिय बनेको छ । मेरो यो फिल्मको प्रतिस्पर्धा नेपाली फिल्मसँग होईन, बलिउड हलिउडका फिल्मलाई टक्कर दिनेगरी फिल्म बनाएको छु', कन्फिडेण्ट देखिएका भुवन गुञ्जिए । 
 
सोही मितिमा रिलिज हुने निर्देशक दिनेश डिसिको ‘फूलैफूलको मौसम तिमीलाई’सँगको प्रतिस्पर्धा कस्तो हुन्छ भनेर सोधिएको प्रश्नमा भुवनले यो फिल्मलाई छेउसम्म गनेनन् । तीन पटक घुमाएर प्रश्न गर्दा समेत उनले बारबार नेपाली फिल्म प्रतिस्पर्धी नै नरहेको जिकिर गरे ।
 
उता निर्देशक डिसीले भने एकै मितिमा दुई फिल्मको रिलिज स्वभाविक भन्दै त्यो मितिमा रिलिज हुने हरेक फिल्मलाई आफ्नो प्रतिस्पर्धी फिल्मको रुपमा लिएको बताएका छन् । 
 
भुवनज्यूले तपाईंको फिल्मलाई त प्रतिस्पर्धी नै ठान्नुभएन् नि ! भन्ने फिल्मीखबरको जिज्ञासामा डिसीले उहाँले कस्तो फिल्म बनाउनु भएको छ, के छ त्यो आफ्नो मतलबको विषय नभएको भन्दै पछि नहट्ने बताए । ‘कोही नाम चलेको छोराको बाबु हुँदैमा त्यसैका कारण फिल्म हिट हुन्छ र अरुलाई माथ खुवाउँछ भन्ने भ्रममा नपर्न अनुरोध गर्छु’ डिसी बोले ।
 
यो सबै बिषयलाई हेर्दा फागुन २१ को भिडन्त रोमाञ्चक बन्ने देखिएको छ । `लार्जन देन लाईफ` फिल्म मेकिङमा विज्ञ ठान्ने डिसी र भुवनको फिल्म मध्ये कुन उत्कृष्ट हुने हो र कस्ले बाजी मार्ने हो, रिलिज पश्चात थाहा हुनेछ । 
Most Visited News (monthly)