अभिनेता अनमोल केसीको माग अहिले फिल्म क्षेत्रमा दिन दुई गुणा रात चार गुणाको दरले बढेको छ । अनमोललाई लिएर फिल्म बनाउन त सयौ निर्माता चाहन्छन्, तर अनमोल भने बर्षमा एउटा फिल्म पनि मुश्किलले गरिरहेका छन् । उनै अनमोल केसीलाई लिएर नयाँ निर्माता रोहित अधिकारीले फिल्म ‘गाजलु’ बनाएका छन् जुन फिल्मको छायांकन मंगलबारबाट सकिएको छ । करिब ४५ दिन लगाएर यो फिल्मको छायांकन सकिएको हो ।
निर्माता अधिकारीले मंगलबारबाट फिल्मको छायांकन सकिएको जानकारी दिएका छन् । पहिलो पटक ठूलो पर्दामा काम गरेकी अभिनेत्री श्रृष्टी श्रेष्ठलाई एक गीतमा फिचर गर्दै छायांकन सकिएको हो । श्रृष्टिले ‘तिमी नहुँदा’ बोलको गीतमा लिप्सिङ गरिन् ।हेमराज वीसीको निर्देशनमा रोहित अधिकारीले निर्माण गरेको यो फिल्मले प्रदर्शन मिति पनि तोकेको छ । फिल्म नयाँ बर्षको वैशाख महिनाको २४ गतेबाट देशभर लाग्नेछ । एफडी कम्पनीले यो फिल्मलाई एमजी निश्चित गरिसकेको छ ।
फिल्ममा अनमोल केसी, श्रृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान गौरी मल्ल, कृष्ण मल्ल मुख्य भूमिकामा छन् । प्रेम कथाको यो फिल्मबाट फेरि सलोन बस्नेत चम्कने निर्माताको विश्वास छ ।वुधबार बेलुकी अनमोल केसीले कार चलाउँदै गर्दा दुर्घटना भएको दृश्य खिचिनेछ । यो दृश्य खिचाइसँगै सम्पूर्ण छायांकन सकिनेछ ।
यसका लागि करिब ३ लाखमा कार नै किनेको निर्माताको भनाई छ । उनले भने–‘हामीले भीएफएक्स नै गर्न सक्थ्यौ, तर वास्तविक देखाउनका लागि कार नै खरिद गरेका हौ ।’जोसँग मिल्न भाग्यमा लेखिएको हुन्न रैछ उसैको सबैभन्दा बढी माया लाग्दो रैछ ।

