Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15577 - 15582 of 24018
एजेन्सी, मुम्बई, 2015-11-21, शनिवार

केहि हप्ता पहिले निकै नै कामुक दृश्यसहितको ट्रेलर रिलिज गरेर आलोचना खेपिरहेको फिल्म ‘हेट स्टोरी’को तेस्रो सिक्वेल रिलिजको लागी निर्माण टिम तयारीमा व्यस्त छ । ट्रेलरमा बोल्ड दृश्य समावेश गरेको यो फिल्म दर्शकमाझ भने डिसेम्बर ४ मा आउँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2015-11-21, शनिवार

अभिनेत्री शिल्पा पोख्रेललाई अहिले ‘फागु’को लागेको छ । शिल्पा फिल्मको गीत र ट्रेलर सार्वजनिक भएसँगै यसको प्रचारमा लागिपरेकी छिन् । अनलाइनदेखि पत्रिकामा आएका हरेक समाचारलाई आफ्नो फेसबुकमा पोष्ट गर्दै शिल्पा ‘फागु’ प्रचारमा सक्रिय देखिएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-21, शनिवार

अभिनेत्री पूजना प्रधान मंसिर १८ गतेबाट फिल्म ‘चलकेट’का साथमा दर्शकामाझ आउने तयारीमा छिन् । आफ्नो हट छविलाई किनारा लगाउँदै शिल्पा अहिले निर्मात्री तथा अभिनेत्री बनेकी हुन् । उनले पहिलो पटक चकलेट मार्फत नै फिल्म निर्माणमा हात हालेकी पनि हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-20, शुक्रवार

पूजना प्रधान एक समय निकै चर्चामा आएकी अभिनेत्री हुन् । तर, पछिल्लो समय उनको चर्चा चलचित्रमा कमै हुन्छ । फिल्म भन्दा पनि म्युजिक भिडियोमा पूजनालाई दर्शकले देख्न पाउँछन् त्यो पनि अक्कल झूक्कल । 

फिल्मीखबर, काठमाडौं, 2015-11-20, शुक्रवार

तिहार रिलिज गोपाल कायस्थको लगानी रहेको फिल्म ‘लुटेरा’ले दर्शकको राम्रो साथ पायो र पाईरहेको नै छ । फिल्म रिलिज पहिले र त्यसपश्चात पनि ‘लुटेरा’लाई जोडेर एक्सन स्टार निखिल उप्रेतीको मात्रै जस्तो चर्चा भयो । लामो समयपछि ‘भैरव’ मार्फत पर्दामा पुनरागमन गरेका निखिलको स्टारडम जिवितै रहेको चर्चा भईरहँदा सोही फिल्मका अन्य कलाकारको भने चर्चा नै हुन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2015-11-20, शुक्रवार

पछिल्लो समय धेरै चलचित्रले रोमान्टिक भन्दै लभ स्टोरीे तथा कमेडी जनराका गीतहरुलाई समेट्छन् । जहाँ टिपिकल नेपाली परिवेश बोल्ने कमै गीतले स्थान पाएका हुन्छन् । तर यही  बीचमा टिपिकल नेपाली परिवेशको झल्को दिने गीत रिलिज भएको छ । पौष १७ मा रिलिज हुने चलचित्र ‘धौली’को सार्वजनिक गीतमा नेपाली परिवेश र संस्कृतिको गन्ध भेट्न सकिन्छ ।

Results : 15577 - 15582 of 24018