अभिनेत्री रेखा थापाको कुनै बेला अन्य अभिनेत्रीहरुसँग सम्बन्ध नै थिएन भन्दा पनि हुन्छ् । उनको कुनै नै कुनै अभिनेता वा अभिनेत्रीसँग लफडा चलिरहन्थ्यो । तर, अहिले समय फेरिएको छ । अभिनेत्री थापाको मित्रता अहिलेका हरेक अभिनेत्रीसँग देखिन्छ । वुधबार फिल्म ‘फन्को’को प्रिमियरमा पनि रेखाको बढ्दो मित्रता देखियो ।
रेखा कार्यक्रममा रेड कार्पेटमा अभिनेत्री ऋचा शर्मासँगै हिँडेको देखियो । रेखा र ऋचा लामै गफिएको पनि देखियो । भित्र के छ कुन्नी तर कार्यक्रममा उनीहरुले एक अर्कासँग निकट भएको देखाए । यसपछि, रेखाले ऋचा र केकीसँग सेल्फी पनि लिइन् ।फेसबुकका पोस्टले पनि रेखाले अहिलेका अभिनेत्रीहरुसँग निकट देखाउँछ । उनले कहिले कोसँग त कहिले कोसँगका सेल्फी हाल्दै आएकी छिन् ।
अभिनेता निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देलसँग टाढा भएकी रेखा अहिले भने निखिलसँग नजिक छिन् । उनको आर्यनसँग भने बोलचाल छैन । रेखा केकी अधिकारी, प्रियंका कार्कीसँग खुबै नजिक देखिएको पाइन्छ । हामी त भन्छौं फिल्म क्षेत्रमा लिडिङ लेडी भएपछि अन्य सहकर्मीसँग मित्रता राख्नु राम्रो बानी हो । यसले हानी गर्दैन ।

