अभिनेत्री सुष्मा कार्की अब तेश्रो प्रेमीको खोजीमा छिन् । तर, यसपटक भने उनी प्रेम र ब्रेकअपमा उल्झन चाहन्नन् । सुष्माले चाहेको प्रेमी उनलाई केयर, माया र वुझ्ने खालको होस् भन्ने छ ।सुष्माको यस अगाडि २ जना प्रेमी थिए । सुष्मा आफूले २ जनासँग प्रेम गरेको खुलेरै भन्ने गरेकी थिइन् । तर, उनलाई लाग्छ, करिअर अगाडि बढाउने समयमा प्रेम गर्नु राम्रो काम थिएन । यसैले उनी अहिले करिअरप्रति फोकस छिन् ।
सुष्मा तेश्रो प्रेमी आफ्नो जीवनमा नभएको बताउँछिन् । ‘तर जो मानिस आउँछ उसले बिहे नै गरोस् भन्ने मेरो चाहना छ ’ सुष्मा एक कार्यक्रममा फिल्मीखबरसँग भनिन् । फिल्म ‘चलेस बतास सुस्तरी’मा आफ्नो हट केक अवतार छाडेर आएकी सुष्मा यस फिल्मको रेस्पोन्स कुरिरहेकी छिन् । दर्शकले आफूलाई हट वा सफ्ट जुनमा मन पराउछन्, त्यतै तर्फ लाग्ने उनको सोच पनि छ । सुष्मा कार्कीलाई नेपाली फिल्ममा आइटम गर्लको रुपमा धेरैले चिन्छन् । तर, उनी आफ्नो इमेज परिवर्तन गर्ने धुनमा लागेकी छिन् ।

