
अभिनेत्री केकी अधिकारीले आफूलाई सानी कलाकार भनेकी छिन् । केकीले घुमाउरो शैलीमा आफ्नो स्टारभ्यालुको मुल्यांकन गरेकी हुन् । फिल्म ‘बागमती’को पत्रकार सम्मेलनमा उपस्थित भएकी केकीले आफुले फिल्म क्षेत्रका ठूला नामसँग काम गर्न पाउनु सौभाग्य भएको बताइन् । फिल्म क्षेत्रका सवैभन्दा ठूला स्टारहरुको साथमा आफ्नो नाम पनि जोडिन पाउनु आफ्ना लागि ठूलो कुरा भएको केकीको भनाई थियो ।

पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म ‘बागमती’ युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्िरया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले ‘बागमती’ फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागि ठूलो उपलब्धी भएको बताइन् ।

फिल्म ‘हँसिया’मा अभिनेता अनुप विक्रम शाहीले गरेको कामको खुबै तारिफ भयो । खलनायकको रुपमा अनुपले गरेको कामको तारिफ मात्र भएन उनले सोही फिल्मबाट केही अवार्ड पनि पाए । तर, फिल्मले सोचे अनुसारको व्यापार नगर्दा अनुपको चर्चा हरायो । राम्रो लुक्स र राम्रो काम गर्ने भनेर फिल्म जगतमा चर्चा भएपनि अनुपलाई दर्शकले पत्याएका छैनन् ।

बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनी, एनएफडीसीले पारिश्रमिक नदिएपछि एक प्राविधिक अहिले जेल परेका छन् । विगत ९ महिनादेखि पारिश्रमिक नपाएका प्राविधिक जनक चौधरीले एनएफडीसीमा रहेको एक सीपीयू चोरेका कारण जेलमा परेका हुन् ।

सधैंं फिल्मको छायाँकन तथा प्रोडक्शनको काममा व्यस्त हुने प्राविधिकहरुलाई अहिले आफ्नै संस्थाको चुनावले छोएको छ । साधारणसभाको मिति मंसिर ९ नजिकिँदै गर्दा ‘चलचित्र प्राविधिक संघ’ (नेफ्टा)मा चुनावी सरगर्मी बढ्दो छ ।


