Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको मनमा बस्नि अनु (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/01/14

फिल्म ‘लक्ष्य’को अफिसियल गीत सार्वजनिक भएको छ । निर्माण कम्पनीले बिहीबार ‘कुन बेला आई बस्यौ’ बोलको गीत सार्वजनिक गरेको हो ।  गीतमा लिड कलाकार सविन श्रेष्ठ र अनु शाहले नृत्य गरेका छन् ।  गीतमा उदित नारायण झाको स्वर समावेश छ ।


 
चैत्र ५ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्मको गीतमा संगीत अर्जुन पोखरेलको छ भने शब्द देवल भण्डारीको हो । दुई हप्ता पहिले ट्रेलर सार्वजनिक गरिएको यो फिल्मलाई लभ स्टोरी तथा एक्शन जनरामा राखिएको छ । ट्रेलरमा सविनको एक्शन अबतार प्रस्तुत छ ।


 
ओमलाल गुरुङको निर्माणमा बनेको ‘लक्ष्य’लाई मिलन आले मगरले निर्देशन गरेका छन् । ओम किरण फिल्मस्को प्रस्तुतीमा तयार भएको यो फिल्ममा सारिका घिमिरे सुनिल थापा, मिलन आले, अर्जुन जंग शाही, भानु प्रताप लगायत कलाकारले अभिनय गरेका  छन् । फिल्मको कथा सुशिल पंगेनीको हो ।

 

 

Most Visited News (monthly)