Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोईनको जाडो केले छेक्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2016/01/14
फिल्म तथा मोडलिङ दुनियाँलाई 'ग्ल्यामर'को संज्ञा दिईन्छ । 'ग्ल्यामर' शब्द महिला कलाकारमा बढि प्रयोग गरिन्छ । त्यसैले त जाडो होस् या गर्मी हरेक मौसममा महिला कलाकार 'ग्ल्यामर' देखिन अर्ध नग्न कपडामा देखिईरहन्छन् । 
 
 
 
 
बुधबार पनि यस्तै देखियो । ‘फन्को’ फिल्मको प्रिमियरमा उपस्थित केहि अभिनेत्रीहरु यस्तै अवतारमा देखिए । माघ लागिसक्यो । काठमाडौँको चिसो बढेको बढ्यै छ । तर, अभिनेत्रीहरुलाई भने जाडोले नछोएको देखियो । 
 
‘फन्को’ लिड अभिनेत्री प्रियंका कार्कीको ड्रेसअपले धेरैको ध्यान तान्यो । पातलो वानपिसमा सजिएकी प्रियंका अरु कलाकार भन्दा फरक ड्रेसमा थिईन् । त्यस्तै अर्की अभिनेत्री केकी अधिकारी, पूजा शर्मा लगायतको ड्रेस हेर्दा यी कसैलाई जाडो नै हुँदैन जस्तो लाग्थ्यो ।
 
केहि हप्ता पहिले हाँस्य कलाकार जितु नेपाल र दिपकराज गिरीले एक समारोहमा हिरोईनको जाडो कसले खान्छ भन्दा हाँसोको फोहरा छुटेको थियो । उनीहरूले व्यङ्ग्य गर्दै जसले खान्छ उसैले जानोस् भन्दै वाक्य टुंग्याएका थिए । साँच्ची नै हिरोईनहरुलाई जाडो हुँदैन र ? 
 
पर्दामा अभिनय गर्दा प्रायः समय अभिनेत्रीहरुलाई छोटो कपडामा अनि खुला ड्रेसमा नै उतारिन्छ । दर्शकको ध्यान केन्द्रित गर्न तथा कथाले माग्यो भन्दै निर्देशकहरु यस्तो गर्छन् । तर, त्यो दृश्य दिँदा नै थरथरी कलाकार कापेको दृश्य भने दर्शकले देख्न पाउँदैनन् ।
 
अन्य कार्यक्रममा पुग्दा पनि महिला कलाकारलाई खुल्न किन आवश्यक ? यसको पछाडिको कारण भनेको मिडियाको क्यामेरामा कैद हुनु अनि अरु कलाकार भन्दा आफू केहि फरक देखिने ध्याउन्न हुनुपर्छ । जे होस्, छोटो अनि लुज ड्रेस जसको हुन्छ चर्चा उसैको हुन्छ । त्यसैले त काम हिट नभए पनि शुभेच्छा थापाजस्ताहरू चहिनेभन्दा बढि खुल्ने गर्छन् । 
 
Most Visited News (monthly)