Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघदेखि चैतसम्म हप्तैपिच्छे फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/01/15

यसलाई सुखद मान्ने या दुखद । माघ महिनाको पहिलो दिनबाट चैत्र महिनाको अन्तिम शुक्रबारसम्म हेर्ने हो भने हप्तैपिच्छे फिल्म रिलिज हुने देखिएको छ । फागुन २८ गते बाहेक ३ महिनाका कुनै पनि शुक्रबार नयाँ नेपाली फिल्म नलागेको हप्ता हुनेछैन ।



यती मात्र होइन, अधिकांश शुक्रबार २ देखि ३ वटा फिल्म रिलिज हुँदैछन् । यसमाथि ठूला हिन्दी फिल्मको रिलिज पनि नेपाली फिल्मसँगै हुने पक्का छ । यस्तो अवस्थामा, कसरी निर्माताको लगानी उठ्ला, प्रश्न सोझिएको छ ।



माघ १ गते २ वटा, माघ ८ गते एउटा, माघ १५ मा २ वटा र माघ २२ मा ४ वटा र माघ २९ गते ३ वटा नेपाली फिल्म रिलिज हुदैछन् । माघ महिनामा मात्र १२ वटा नयाँ नेपाली फिल्म हलमा लाग्दैछन् । दर्शक उही भएको समयमा एउटा दर्शकले कम्त्तीमा पनि २५ सय रुपैयाँ नेपाली फिल्मका लागि छुट्टयाउनु पर्नेछ तर, के यो संभव होला ।



फागुन महिनामा पनि यस्तै छ । अहिलेसम्मको आँकडालाई हेर्ने हो भने फागुन ७ मा एउटा, फागुन १४ मा एउटा, फागुन २१ म २ वटा फिल्म रिलिज हुँदैछन् । त्यसमाथि हिन्दी र अंग्रेजी फिल्मको रिलिज पनि छदैछ । यसरी हेर्दा फागुन महिनामा फिल्म रिलिजको चाप कम भएपनि चर्चा र हल्ला भने कम नहुने देखिएको छ ।



चैत्र महिना त अझ, माघको जस्तै हुने देखिएको छ । चैत्र ५ मा २ वटा, चैत्र १२ मा पनि २ वटा, चैत्र १९ मा पनि २ वटा र चैत्र २६ मा ३ वटा फिल्म चल्ने पक्का जस्तै छ । यसरी हेर्दा चैत्र महिनामा ९ वटा नयाँ नेपाली फिल्म लाग्नेछन् । यी फिल्म हेर्नका लागि दर्शकले औषतमा १८ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । हुनत, नयाँ बर्ष लागेसँगै पहिलो महिनामा फिल्म रिलिजको चाप यस्तै छ । लगातार नेपाली फिल्म रिलिज हुनु तर दर्शकको संख्यामा वृद्धी नहुनुले निर्माताको लगानी जोखिममा देखिन्छ ।

Most Visited News (monthly)