
हट अभिनेत्रीको छबि बनाएकी सुष्मा कार्कीको पछिल्ला रिलिज केहि फिल्म विवादित पनि बने । बिन्दास नायिका सुष्माको ग्ल्यामरस अबतारले पुष माघको जाडोलाइ पनि राम्रै चुनौती दिन्थ्यो । तर यो पटक उनी केहि शालिन देखिएकी छिन् ।

चलचित्र जाँच पास गर्ने निकाए सेन्सर बोर्डको काम नै काँटछाँट गरेर दर्शकलाई नपच्ने कुरालाई हटाउनु हो । तर कहिलेकाहिँ निर्देशकले फिल्म भित्र खास सिक्वेन्स मिलाउन प्रयोग गर्ने शब्द नै सेन्सरको नजरमा पर्छ अनि काटिन्छ तर निर्देशकलाई तनाब उत्पन्न हुनसक्छ । चैत्र ५ रिलिज फिल्म 'भाग सानी भाग' टिमलाई यस्तै भयो रे ! बुधबार भएको सेन्सरमा फिल्म भित्रका केहि संवाद काँटछाँट भएर ।


फागुन ७ मा सदाबहार अभिनेत्रीको उपमा पाएकी करिश्मा मानन्धरको फिल्म 'फागु' रिलिज हुँदैछ । यो मितिमा अन्य फिल्म रिलिजको सुईंको थिएन् । तर बुधबार राजधानीमा कार्यक्रम गर्दै फिल्म 'को आफ्नो' सोही मितिमा रिलिज हुने जानकारी गराईयो । जसले गर्दा करिश्माको 'फागु'लाई 'को आफ्नो' लिड अभिनेत्री ऋचा शर्मा चुनौती बन्ने देखिएको छ ।

निर्देशक राजु गिरी यसपटक फिल्म चलाउनका लागि गीत संगीतलाई मुख्य हतियार बनाउने सुरमा छन् । उनले निर्देशन गरेको फिल्म विन्दास ३ माघ २२ गतेबाट चल्दैछ । फिल्मकी अभिनेत्री शुभेच्छा थापाको तस्बिरका कारण अहिले चर्चा त भयो तर नकारात्मक । यसले फिल्मलाई घाटा पुर्याउँछ कि भन्ने सोच पनि राजुको छ ।

भुटनिज कम्युनिटी एसोसिएसन अफ एक्रोनको आयोजनामा आमेरिकाको ओहायो राज्यको एक्रोनमा नेपाली फिल्म 'रातो घर'को प्रदर्शन गरिएको छ । गत १७ तारिखका दिन नेपाली समुदाय बिच प्रदर्शन भएको उक्त फिल्मका निर्देशक सुरज सुब्बालाई सोही समारोहमा सम्मान समेत गरियो ।

