शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फन्को’ले बिहानी शोमा दर्शकको राम्रो साथ पाएको छ । राजधानी तथा मोफसलका हलहरुबाट प्राप्त जानकारी अनुसार फिल्मको बिहानी शोको अकुपेन्सी ७० प्रतिशत माथि छ । सिङ्गल स्कृनमा दर्शकले ताली र हुटिङ दिएका छन् । राजधानीको गोपिकृष्ण तथा अष्टनारायण हलमा दर्शकको बिहानी शोमा नै चाप देखिएको छ ।
त्यस्तै चितवन, हेटौंडा, पोखरा लगायतका स्टेशनमा पनि जाडो मौसममा पनि दर्शक ‘फन्को’ हेर्न हल पुगेका छन् । च्यारिटीको लागी हेटौंडा पुगेको 'फन्को' टिम बिहानी बिजनेशबाट उत्साहित देखिएको छ । निर्देशक सुवर्ण थापाले शुक्रबार दिउँसो तथा शनिबार दर्शकको चाप बढ्ने आशा ब्यक्त गरे ।
काठमाडौंका मल्टिप्लेक्स हलहरुमा पनि फिल्मको बिजनेश सन्तोषजनक पाईएको छ । प्राप्त जानकारी अनुसार ३५ देखी ४० प्रतिशत अकुपेन्सी मल्टिप्लेक्सहरुमा पाईएको छ । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल, अनुप बराल लगायत लिड अभिनयमा रहेको फिल्मलाई नरेन्द्र महर्जन,पदम गुरुङ र सहदेव गौतमले निर्माण गरेका हुन् ।

