Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो `प्रेम गीत`को अर्को मनछुने गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/01/15
भ्यालेन्टाईन रिलिज फिल्म 'प्रेम गीत'को अर्को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । प्रेमिल भावको 'मैले सोचेको जस्तै....' बोलको गीतमा लिड कलाकार प्रदिप खड्का र पूजा शर्मा फिचरिङमा छन् । मुस्ताङका खिचिएको गीतको लोकेशन तथा सिनेमाटोग्राफी तारिफ योग्य छ ।
 
डा. कृष्णहरी बरालको शब्द समावेश गीतमा संगीत अर्जुन पोखरेलको छ । पछिल्लो समयका व्यस्त तथा चर्चित संगीतकार पोखरेलले यो गीतमा पनि सम्झिन लायक संगीत भरेका छन् । गीतमा स्वर सन्तोष लामा र स्वेच्छा ठकुरीको छ, भने कोरियोग्राफी रेनशा बान्तवा राईको छ ।
 
सुदर्शन थापा निर्देशित 'प्रेम गीत'को हाईप अहिले गीत संगीतकै कारण उच्च छ । टाईटल गीतकै कारण चर्चामा रहेको फिल्म सांगितिक रुपमा अब्बल सावित भईसकेको छ । सन्तोष सेन निर्माता रहेको यो फिल्मलाई लिएर युवा पुस्ताका धेरै दर्शक उत्साहित छन् ।
 
गीत हेर्नुहोसः

Most Visited News (monthly)