तपाईंलाई अमेरिका जाने रहर छ, अनि चपली अभिनेत्री बिनिता बरालसँग अमेरिकामा सँगै बसेर फिल्म 'सुपरहिट' हेर्ने मन छ ? छ भने आजै अघि बढ्नुस् फिल्म 'सुपरहिट' युनिटले प्रचारको नयाँ अभियान अन्तर्गत दर्शकलाई अमेरिका लैजाने र बिनितासँगै बसेर फिल्म हेर्न पाउने अफर ल्याएको छ । जसको लागी निर्माण युनिटले बनाएको नियम अनुसार काम गर्ने र उत्कृष्ट हुने एकले अमेरिकामा बिनितासँग 'सुपरहिट' प्रिमियरमा फिल्म हेर्न सक्नेछन् ।
सामाजिक सञ्जाल केन्द्रित यो अभियान अन्तर्गत फिल्मको फेसबुकमा ट्रेलर तथा गीत सेयर गर्नुपर्नेछ र त्यस अन्तर्गत सर्बाधिक लाईक र कमेन्ट पाउने मध्ये उत्कृष्ट पाँच जना छानिनेछन् । र अन्त्यमा पाँच मध्येको पनि एक जनालाई सर्बोत्कृष्ट छान्दै अमेरिका जाने अवसर दिईने निर्माता तथा निर्देशक मध्येका एक सौरभ ढकालले बताए । प्रतिस्पर्धामा उत्रिनेहरुले हरेक पोष्टमा फिल्मको नाम र माघ २२ रिलिज मिति भने अनिवार्य उल्लेख गर्नुपर्नेछ । त्यस्तै फिल्म हेर्ने दर्शकले टिकटको फोटो पठाएर पनि उल्लेखित प्रक्रिया पुरा गरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।
बिजेताले ७ दिनका लागि अमेरिका बसाईको अफर पाउने बताईएको छ । तर भिसा नलागेको खण्डमा भने त्यसको जवाफदेही निर्माण यूनिट नहुने बताइएको छ । पढाईको शिलशिलामा लिड अभिनेत्री बिनिता अहिले अमेरिकामा छिन् । उनी त्यहाँ भएको कारण नै निर्माण युनिटले प्रचारको नयाँ अभियान स्वरुप बिनितासँग फिल्म हेर्न पाउने अपर दर्शकमाझ ल्याएको हो । यो अफर माघ २ बाट लागु भई माघ २१ सम् मात्र लागु हुनेछ ।

