केही समययता गरिमा पन्तलाई विरलै सार्वजनिक जीवनमा देख्न पाईएको छ । फिल्म ‘झोला’मा सशक्त अभिनय गरेर चर्चामा आएकी गरिमा लगभग हराएको अवस्थामा छिन् । यदि गरिमा हराउने कारण सोच्दै हुनुहुन्छ भने, हामी तपाइलाई यसको कारण बताउँदैछौ ।
अभिनेत्री गरिमा पन्त अहिले नेपालमा छैनन् । उनी बेल्जियम पुगेकी छिन् र स्रोतका अनुसार उनले उतै घरजम पनि सुरुगरिसकेकी छिन् । उनले बेल्जियममा रहेका एनआरएन हरि शर्मा थपलियासँग सुटुक्क बिहे गरेको खबर हामीले प्राप्त गरेका छौं । गरिमा र हरिले बिहिबार मात्र बेल्जियममै जापानिज सुसी रेष्टुरेन्ट खोलेका छन् । गरिमाले नै रेष्टुरेन्टको फोटो राख्दै नयाँ काम गर्न लागेको स्ट्याटस पोस्ट गरेकी थिइन् तर गरिमाले बिहे गरेको कुरा पनि उनका पति हरिले खोलेका हुन् ।
उनले गरिमा र आफ्नो भर्खरै बिहे भएको जानकारी दिए । साथै अब गरिमा नेपाल फर्किएर फिल्ममा काम गर्ने संभावना पनि कम रहेको उनको भनाई छ ।२ बर्ष अगाडि अभिनेत्री नन्दिता केसीको साथमा यूरोप पुग्दा गरिमा र हरिको भेट भएको थियो । यसपछि गरिमा हरिको प्रेममा डुबेकी थिइन् । हरि डिभोर्सी हुन् । उनको एक चिनियाँ यूवतीसँग बिहे भएको थियो ।

