Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

न बन्यो फिल्म, न चलिन् वेनिशा

फिल्मीखबर, काठमाडौं, 2016/01/15

कुनै कलाकारका लागि फिल्म क्षेत्र चाहेर पनि फाप्दैन । म्यूजिक भिडियोमा व्यस्त अभिनेत्री वेनिशा हमालका लागि अहिले यस्तै हाल छ । उनले फिल्म सुरुवात गरेको पनि केही बर्ष भैसक्यो । तर, मुश्किलले उनले ४ वटा फिल्ममा काम गरेकी छिन् । जसमध्ये कुनै फिल्मको व्यापार पनि गतिलो भएन ।

 

उनै वेनिशाले अभिनय गर्ने भनेर पाँच तारे होटलमा घोषणा गरिएको फिल्म ‘न्यू ईयर’ पनि नबन्ने देखिएको छ । यो फिल्म नबन्नु भनेको वेनिशाको करिअरका लागि ठूलो घाटा लाग्नु हो । उनले अभिनय गरेको फिल्म 'कालो पोथी' विश्वका विभिन्न महोत्सवमा सहभागी त भैरहेको छ । तर, यसले वेनिशाको फिल्मी करिअरलाई प्रत्यक्ष असर पार्ने देखिन्न ।

 

‘न्यू इयर’ बनेको भए वेनिशाको करिअरलाई ठूलै फरक पर्ने थियो । तर, निर्माता गृहेन्द्र घिमिरेको अष्ट्रेलियामा छायांकन गरिने भनिएको यो फिल्म सुनसान छ । अब यो फिल्म नबन्ने देखिएको छ । वेनिशासँगै एकसाथ  फिल्म क्षेत्रमा आएकी अभिनेत्री केकी अधिकारी भिडियो र फिल्ममा व्यस्त छिन् । तर, वेनिशाको न त फिल्म नै बन्यो, न त करिअर नै ।

Most Visited News (monthly)