Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनको ‘आबेग’ रिलिज मिति तय

फिल्मीखबर, काठमाडौं, 2016/01/17

गत बर्ष नै रिलिज हुने भनिएको आर्यन सिग्देल अभिनित फिल्म ‘आबेग’ बर्ष २०७२ को जेठमा रिजिल हुने भनिएपनि भूकम्पका कारण हलमा आएन् । यो बीचमा निर्माण टिम गुमनाम बस्दा फिल्म रिलिज नै नहुने त होईन् भन्ने आँकलन समेत गरिएको थियो । तर अब आबेग पर्दामा आउने भएको छ ।

 

जानकारीमा आए अनुसार फिल्म आगामी चैत्र १२ बाट दर्शकमाझ आउने भएको छ । निर्माण टिमले केहि दिनमा कार्यक्रम गर्दै फिल्मको औपचारिक प्रचार प्रसारको थालनी गर्ने बताएको छ । चकलेटी हिरोको उपमा पाएका आर्यन यो फिल्ममा एक्शन अबतारमा प्रस्तुत छन् । त्यसो त पछिल्लो पटक रिलिज दुई एक्शन फिल्म ‘नाईके’ र ‘अलबिदा’बाट एक्शन प्रधान भुमिकामा जम्न नसकेका आर्यनको ‘आबेग’लाई चुनौतीको रुपमा समेत लिईएको छ ।

 

तर निर्देशक बसन्त निरौला ‘आबेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएको भन्दै दर्शकको साथ पाउने र उनको लभर ब्वाई इमेजसँगै एक्शनको नयाँ परिचय समेत थपिने दाबी गर्छन् । सुर्य कार्की निर्माता रहेको ‘आबेग’मा आर्यनसँगै ध्रुब दत्त, पबित्रा आचार्य र अर्चना देलाला लिड रोलमा छन् । काठमाडौ आसपास खिचिएको फिल्ममा संगीत अर्जुन पोखरेल र टंक बुढाथोकीको छ भने द्वन्द्व अष्ट महर्जनको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
 

Most Visited News (monthly)