Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मी नशाले छाडेन छुल्ठिमलाई

फिल्मीखबर, काठमाडौं, 2016/01/17

फिल्मी नशा अचम्मको छ । यसमा लागेपछि जो कोहीले निस्कन चाहे पनि सक्दैन । चाहे सफल होस् या असफल, यो क्षेत्रमा लागेपछि चटक्कै छाड्न गाह्रो छ । यस्तै भएको छ, कलाकार छुल्ठिम गुरुङलाई पनि । फिल्म ‘नोभेम्बर रेन’ खेलेपछि कुनै पनि फिल्म नखेल्ने भन्दै बसेकी यी अभिनेत्रीलाई अब भने यो क्षेत्र छाड्न मन लागेन ।


करिब २ बर्ष फिल्म नखेली कार्यक्रममा उपस्थिती जनाएकी अभिनेत्री छुल्ठिमले अब भने फिल्ममै व्यस्त हुने सोच बनाएकी छिन् । उनले फिल्म ‘नोभेम्बर रेन’का लेखक समेत रहेका छेतन गुरुङले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको वुझिएको छ ।

 

हुनत, छुल्ठिमले आफू सन् २०१६ मा फर्कन बताएकी थिइन् । तर, उनी छेतनको फिल्मबाट फेरि पर्दामा देखिन लागेको श्रोत बताउँछ । छुल्ठिमले आफै पनि फिल्म निर्माण गर्ने बताएकी छिन् । छेतनको फिल्म खेलेपछि उनले केही साथीहरुसँग मिलेर फिल्म निर्माण गर्नेछिन् । आखिर यिनलाई पनि फिल्मी नशाले समातेरै छाड्यो ।

Most Visited News (monthly)