Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाजिरावले नौ अवार्ड जित्दा तीन खानको हात रित्तै

एजेन्सी, मुम्बई, 2016/01/17
बलिउड बक्सअफिसमा सधै राज गरिरहने सलमान खान, शाहरुख खान र आमिर खान क्रिटिक्सको नजरमा भने कहिलेकाहीं मात्र अटाउँछन् । पछिल्लो बर्ष २०१५ मा सलमानका दुई फिल्म रिलिज भए दुबै हिट भए । शाहरुखको पनि दिलवाले आयो, मध्यम बिजनेश गर्यो, आमिरको कुनै फिल्म रिलिज भएनन् । तर फिल्म रिलिज भए पनि फिल्म फेयर अवार्ड २०१५ मा सलमान र शाहरुखको हात खाली रह्यो । 
 
शुक्रबार राती मुम्वईमा सम्पन्न अवार्ड समारोहमा शाहरुखको दिलवालेसँग प्रदर्शनमा आएको फिल्म बाजिराव मस्तानीले सर्वा्धिक बिधामा आवार्ड जितेको छ । सञ्जयलिला भञ्सालीको यो फिल्मले सबैभन्दा बढी नौ बिधामा अवार्ड हात पार्यो । उत्कृष्ट फिल्म सहित निर्देशक, अभिनेता लगायतका टप बिधा बजिरावको कब्जामा गए । 
 
यस्तै अभिनेत्री प्रियंका चोपडा फिल्म फेयर अवार्डको पाँच अलग - अलग बिधामा अवार्ड जित्ने पहिलो कलाकार बनेकी छिन् । २००३ सालमा डेब्यु अभिनेत्रीको अवार्ड हात परेकी उनले पछिल्लो बर्ड २०१५ मा सपोर्टिङ एक्टरको अवार्ड जित्दा पाँच फरक विधामा अवार्ड जित्ने कलाकारको किर्तिमान राखिन् । 
 
'बाजिराव मस्तानी'ले जितेका नौ विधाः
 
उत्कृष्ट फिल्म
उत्कृष्ट निर्देशक : सञ्जयलिला भंसाली
उत्कृष्ट अभिनेता : रणविर सिंह
उत्कृष्ट सपोर्टिङ एक्ट्रेस : प्रियंका चोपडा
उत्कृष्ट गायिका : श्रेया घोषाल
उत्कृष्ट एक्शन : श्याम कौशल
उत्कृष्ट कोरियोग्राफी : बिरजू महाराज
उत्कृष्ट प्रोडक्शन डिजाईनर : सुजित सावंत
उत्कृष्ट श्रृङ्गार : अञ्जु मोदी
 
फिल्म फेयर अवार्ड २०१५ का बिजेताहरुः
 
उत्कृष्ट अभिनेत्रीः  दीपिका पादुकोण (पीकू)
लाइफटाइम एचिभमेन्ट अवार्डः मौसमी चटर्जी
उत्कृष्ट डेब्यू निर्देशकः नीरज घेवान (मसान)
उत्कृष्ट डेब्यू (अभिनेता): सूरज पंचोली (हीरो) 
उत्कृष्ट डेब्यू (अभिनेत्री):  भूमि पेडणेकर (दम लगा के हईशा)
क्रिटिक अवार्ड, उत्कृष्ट फिल्म: पीकू
क्रिटिक अवार्ड उत्कृष्ट अभिनेता:  अमिताभ बच्चन (पीकू)
क्रिटिक अवार्ड उत्कृष्ट अभिनेत्री:  कङ्गना रनावट (तनु वेड्स मनु रिटर्न्स)
उत्कृष्ट कथा:  वी विजयेन्द्र प्रसाद (बजरंगी भाईजान)
उत्कृष्ट गायक: अरिजीत सिंह (रोय)
उत्कृष्ट संवाद:  अनुपम रोय (पीकू)
उत्कृष्ट छायाँकन: मनु आनन्द (दम लगाके हैशा)
Most Visited News (monthly)