Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो छ दुई दिनको 'काफल पाक्यो' र 'फन्को' बिजनेश

फिल्मीखबर, काठमाडौं, 2016/01/17
शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'काफल पाक्यो' र 'फन्को'ले बिदाको दिन दर्शकको मध्यम साथ पाएका छन् । ठुलो तामझामका साथ दर्शकमाझ आएको 'फन्को' तथा जीवन लुईंटेलको कमेडी अबतार समेटिएको 'काफल पाक्यो'ले मल्टिप्लेक्समा भन्दा सिंगल स्कृनमा दर्शकको साथ पाए । कमेडी भर्सेज कमेडी भिड्दा जीवनको प्रतिस्पर्धा दयाहाङ राई र सौगात मल्लसँग भयो ।
 
 
बितरक आर आर फिल्म्सले दिएको जानकारी अनुसार 'काफल पाक्यो'ले दुई दिनमा ३६ लाखको बिजनेश गरेको छ । राजधानी तथा मोफसलका हलहरुबाट यो फिल्मले शुक्रबार र शनिबार ३६ लाखको बिजनेश आँकडा पार गरेको बितरक रोहित रत्नले जानकारी दिए । साबित्री खत्री निर्देशित यो फिल्मले शुक्रबार १९ लाख र शनिबार १७ लाखको बिजनेश गरेको जानकारीमा छ । आशातित आँकडा अनसार यो बिजनेशलाई निर्माण युनिटले राम्रो भनेको छ । फिल्ममा जीवनसँगै बर्षा राउत लिड रोलमा छन् ।
 
यस्तै 'फन्को'ले ५६ लाख २७ हजार ४०४ रुपैयाँ बिजनेश गरेको बितरक एफडी कम्पनिले जनाएको छ । फिल्मले पहिलो दिन २८ लाख ६० हजार बढी र शनिबार २७ लाख ६६ हजारको बिजनेश गरेको दाबी बितरकको छ । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी र सौगात मल्ल लिड रोलमा रहेको फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
 
दुबै फिल्मको माउथ पब्लिसिटी मध्यम छ । मल्टिप्लेक्समा 'फन्को'ले भन्दा राम्रो वर्ड अफ माउथ 'काफल पाक्यो'ले पाएको छ । तर दुबै फिल्मको मल्टिप्लेक्स बिजनेश भने राम्रो छैन् ।
Most Visited News (monthly)