Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बन्दै पूर्व मिस नेपाल झरना पनि

फिल्मीखबर, काठमाडौं, 2016/01/18

मिस नेपाल आयोजक हिडन ट्रेजरले आइतबार मात्र नयाँ मिस नेपालका लागि आवेदन खुला गरेको छ । संयोग हो कि यो मौसम नै मिस नेपालको हो पूर्व मिस नेपाल माल्भिका सुब्बा आमा बन्न लागेको खबर सेलाउन नपाउँदै अर्की मिस नेपालले पनि आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन् ।


आमा बन्न लागेकी अर्की अभिनेत्री हुन् झरना बज्राचार्य । उनले पनि माल्भिकाले झैं आमा बन्न लागेको इन्स्ट्राग्रामबाटै जानकारी दिएकी छिन् । आफ्नो परिवार पूर्ण बन्न लागेको भन्दै  उनले बढ्दै गरेको पेटको सेल्फी पोष्ट गरेकी छिन् । उनले यो आफूहरुका लागि उत्साहको समय भएको पनि बताएकी छिन् ।

 

अभिनेत्री बज्राचार्यले गत चैत्र १ गते भारतीय मुलका मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरेकी थिइन् । राहुल र झरनाको भेट राहुलले नै निर्माण गरेको फिल्म‘सेफ ल्याण्डिङ’को सुटिङका क्रममा भएको थियो । फिल्म त रिलिज हुने छाँटकाँट छैन तर फिल्म भन्दा पहिला बच्चा नै रिलिज हुन लागेछ । झरना र राहुललाई बधाई ।

Most Visited News (monthly)