
मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नु ल’का हरेक सिरिजलाई दर्शक माझ प्रतिच्छित बनाउन मद्धत गरेका छन् । यसअघि एउटा गीत दर्शक माझ छाडेर दर्शक माझ बलियो उपस्थिति जनाईसकेको फिल्म ‘नाई नभन्नू ल ४’ ले शुक्रबार दोस्रो गीत सार्वजनिक गरेको छ ।

चैत्र ५ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म 'भाग सानी भाग'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । केकी अधिकारी र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म ग्रामिण परिवेशमा आधारित छ ।

माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ फिल्म ‘क्लासिक’ । यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म नगरि चर्चामा छ । फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि ‘क्लासिक’बाट आशावाद छन् । निर्माता सुवास गिरीदेखि निर्देशक दिनेश राउतका लागि पनि ‘क्लासिक’ विशेष छ ।

फिल्म चल्नका लागि कथावस्तु त उत्कृष्ट हुनु नै पर्छ । साथमा कहिलेकाही भाग्यले पनि साथ दिनुपर्छ । नेपाली फिल्मको बजार त झन्, लक नै चलेको छ । कुन फिल्म चल्छ र कुन निर्माताको पल्लाभारी हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।

रणवीर कपुर र कट्रिनाको ब्रेक अपको समाचार पूराना भईसक्यो । बिहे मिति सार्वजनिक होला भन्ने आशमा बसेका धेरैको लागि यो समाचार कुनै शक भन्दा कम थिएन । किनकी उनीहरुको इंगेजमेन्ट भईसकेको खबर बाहिरिएको थियो । तर ‘तमाशा’ले दुवैको लभ अफेयरमा तमाशा देखाईदियो ।

पछिल्लो समय अभिनेत्रीहरु गायन तथा साहित्यिक विधामा पनि सकृय बन्दैछन् । आफ्नो परिचयलाई फराकिलो बनाउने ध्याउन्नमा अभिनेत्रीहरु लागिरहँदा पुरानी अभिनेत्री गौरी मल्लले पनि ‘एकल कविता वाचन’ गर्ने भएकी छिन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुरा खुलाईन् ।

