
अभिनेत्री श्वेता खड्काले तत्काल फिल्ममा आउनेक नै योजना नभएको बताएकी छिन् । प्राप्त एक भिडियो अन्तर्वार्ताको क्रममा श्वेताले अहिले नै फिल्म क्षेत्रमा आउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै अभिनेत्री या निर्मात्री जे बनेर पनि यो क्षेत्रमा आउन सक्ने बताईन् ।

कुनै बेला थियो, जतिबेला दुई अभिनेत्री अनु शाह र नीता ढुंगाना निकट थिए । हरेक कार्यक्रम एकसाथ पुग्ने यी दुई फुर्सदको समय पनि एक अर्कासँगै नै बिताउथे । अनु र नीता फिल्म नगरिमा आफुहरु निकट साथी भएको र अरु साथी नभएको बताउँथे । तर, समयले कोल्टो फेर्यो । अहिले यी दुइको सम्बन्ध हाइ हेल्लोमा नै सिमित छ ।

फिल्म अभिनेता सलमान खानलाई बलिउडमा भाइजान भनेर चिनिन्छ । तर, फिल्म बजरंगी भाइजान खेलेपछि उनलाई धेरैले यही नामबाट बोलाउछन् । बजरंगी भाइजान हिट भएपछि त सलमान खानको स्टारडम झनै उचाइमा पुगेको छ ।

भ्यालेन्टाईन रिलिज तीन फिल्म अहिले प्रचारमा को भन्दा को कमको रणनीतिमा छन् । ’प्रेम गीत’, ’क्लासिक’ टिमले ट्रेलर तथा गीत रिलिज गर्दै भाईरल बनाउने योजनामा लागिरहँदा अर्को प्रतिस्पर्धी फिल्म ’चलेछ बतास सुस्तरी’ले पनि प्रचार थालेको छ । फिल्मले अडियो जुकबक्स युट्युवमा रिलिज गरेको छ ।

गत हप्ता मोफसलमा रिलिज भएको तथा यो शुक्रबारबाट राजधानीमा प्रदर्शनमा आउने फिल्म ’धौली’को बुधबार राजधानीमा प्रेस शो गरियो । बागबजार स्थित एक हलमा गरिएको शो मा फिल्म हेर्न सञ्चारकर्मी तथा फिल्म क्षेत्रका केहि व्याक्तिहरुको सहभागिता थियो । शो मा फिल्म युनिट र कलाकारहरुले पनि सँगै बसेर फिल्म हेरे ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी बुधवार देखि सुरु भएको छ । नेपाली चलचित्रका महानायक राजेश हमालले ‘हामी उठ्ने छौं’ को लोगो अंकित चित्र अनावरण गरेर चित्रकला प्रदर्शनीको उदघाटन गरेका हुन् ।

