Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

'ड्रिम्स' पाईरेसी गर्ने पक्राउ, हाईलाईट्स नेपालकै संलग्नता रहेको खुलासा

फिल्मीखबर, काठमाडौं, 2016/06/02
फिल्म 'ड्रिम्स'को पाईरेसी युट्युव तथा भिसिडी अधिकारको जिम्मा लिएको हाईलाइट्स नेपालबाटै भएको खुल्न आएको छ । निर्माण टिमको अगुवाईमा प्रहरीले गरेको अनुसन्धानबाट हाईलाईट्स नेपालकै कर्मचारीले फिल्म आउट गरेको रहस्य खुलेको हो । 
 
अपराध अनुसन्धान महासाखाको टोलीले अन्ततः फिल्मको अधिकार प्राप्त कम्पनिबाट नै पाईरेसी भएको रहस्य पत्ता लगाएको थियो । ततःपश्चात हाईलाईट्सका दुई कर्मचारी विधान गुरुङ र चन्द्र नवाजु पाईरेसीमा संलग्न भएको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 
 
बुधबार नै हनुमानढोकामा भएको छलफलपछि हाईलाईट्स नेपालले क्षतिपुर्ती बेहोर्नेगरी प्रहरीले निर्माण टिम र हाईलाईट्सबीच सहमति भएको बताईएपनि अन्ततः मुद्धा अदालतमा पुग्ने भएको छ । निर्देशक भुवन केसीले यो कुराको पुष्टि गरे । 
 
निर्माता समेत रहेका केसीले केहि दिन पहिले मात्रै १ करोड क्षतिपुर्ति माग गर्दै पाईरेसीमा संलग्नलाई पक्राउन गरि सजाय दिलाईपाउँ भन्दै उजुरी दर्ता गरेका थिए । तर हाईलाईट्सले कति क्षतिपुर्ति दियो भन्ने खुलाईएको छैन् । १४ लाखमा कम्पनिले 'ड्रिम्स'को भिसिडी र युट्युव राईट्स किनेको थियो ।
 
केहि हप्ता पहिले फिल्मीखबरले नै 'ड्रिम्स' पाईरेसीको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । पछिल्लो एक बर्षमा मात्रै आधा दर्जनजति फिल्म पाईरेसी भईसक्दा अन्य फिल्म पाईरेसिको गिरोह भने पत्ता लागेको छैन् । 
Most Visited News (monthly)