Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15121 - 15126 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-03-02, बुधवार

'पुरानो डुङ्गा' फिल्मको अहिले पोखरामा सुटिङ चलिरहेको छ । रामबाबु गुरुङको निर्देशनमा यो फिल्मको सुटिङ लम्बिँदै गर्दा यता फागुन दोश्रो हप्ताबाट फ्लोरमा जाने भनिएको फिल्म 'चपली हाईट २' को छायाँकन भने रोकिएको छ, कारण हो, रामबाबुको फिल्मका दृश्य कैद गरिरहेको क्यामेरा अड्किनु ।

एजेन्सी, मुम्बई, 2016-03-01, मंगलवार

बलिउड अभिनेता तथा हाँस्य कलाकार कपिल शर्माको नयाँ टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' को प्रोमो रिलिज भएको  छ । ४५ सेकेण्ड लामो सार्वजनिक प्रोमोमा कपिलसँगै सुमोन चक्रवर्ती, कीकू शारदा, सुनिल ग्रोवर, चंदन प्रभाकर लगायत देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-03-01, मंगलवार

टलकजंग भर्सेज टुल्के' फिल्मबाट नेपाली फिल्मीपर्दामा छाएका खगेन्द्र लामिछानेले लगातार दुई पटक नेपाली दर्शकले खोजेको अभिनय पस्के । पहिलो फिल्मबाट 'टुल्के' नामको उपमाबाट चर्चामा आएका उनको अभिनय पछिल्लो रिलिज फिल्म 'पशुपतिप्रसाद'बाट पनि प्रमाणित भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-03-01, मंगलवार

अभिनेता र निर्माता हुँदै निर्देशनमा डेब्यु गरेका पुराना स्टार भुवन केसीले युवा स्टारको उपमा पाएका पुत्र अनमोल केसीको अभिनयलाई 'प्रफेक्ट' भनेका छन् । मिडियासँगको कुराकानीको क्रममा भुवनले फिल्मको स्कृप्ट हेरेर अनमोलले अभिनय गर्ने भन्दै सो अनुसार अहिलेसम्म गरेका सबै फिल्ममा अनमोलले 'प्रफेक्ट' अभिनय गरेको दाबी गरे । 

एजेन्सी, मुम्बई, 2016-03-01, मंगलवार

बहु प्रतिच्छित बलिउड फिल्म 'फ्यान'को ट्रेलर सार्वजनिक भएको छ । मनिष शर्मा निर्देधित फिल्मको ट्रेलरमा शाहरुख खान दोहोरो भुमिकामा देखिएका छन् । बलिउडका बादशाह भनेर चिनिने शाहरुखको यो फिल्मलाई लिएर दर्शक तथा फ्यानहरु उत्साहित हुँदै गर्दा निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । 

फिल्मीखबर, चितवन, 2016-02-29, सोमवार

२०५४ साल बैशाख २३ गते बाट संचालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको सल्लाह सुझावलाई ध्यानमा राख्दै हल पुननिर्माण गरेको छ ।  

Results : 15121 - 15126 of 24018