
गत हप्ता प्रदर्शनमा आएको फिल्म 'ड्रिम्स'ले पहिलो हप्तामा ६ करोड ग्रस कलेक्शन गरेको निर्माण टिमले बताएको छ । वितरक गोविन्द शाहीका अनुसार फिल्मले देशभरका ७० बढि पर्दाबाट यो आम्दानी गरेको हो ।

त्यसपश्चात आफ्नो आफ्नो बाटो लागेका भारद्वाज र घिमिरेको ७ बर्षपछि टिमअप भएको छ । घिमिरेको अपकमिङ (अनटाईटल) प्रोजेक्टमा कथा, पटकथा तथा संवाद लेखकको रुपमा भारद्वाज जोडिएका छन् ।

रेखा आफ्नै आमा मानेकी सत्य साईआमाको जन्मदिन मनाउन उनी हात्तिगौडा पुग्दा जीवन पनि भेटिए । अनि रेखाले जीवनलाई अंगलोमा कसेरै फोटो खिचिहालिन् । अनि लेखिन्, 'एफ्टर लङ टाईम विथ माई जिबु' !

बाहिरी कार्यक्रममा कमै देखिने प्रधानसेनापति राजेन्द्र क्षेत्री बुधबार एक नेपाली फिल्मको घोषणा सभामा उपस्थित भए । बब्बी भुपाल सिंहको निर्देशनमा बन्न लागेको फिल्म 'सयपत्री'को निर्माण घोषणा कार्यक्रममा उपस्थित क्षेत्रीले केहि फेमिलियर पनि देखिए अनि रमाईला अनुभव साटे ।


सन् २००३ मा करण जोहरको फिल्म 'कल हो न हो'मा काम गरेकी बलिउड अभिनेत्री काजोल पुनः करणको फिल्ममा देखिने पक्का भएको छ । अपकमिङ फिल्म 'ए दिल है मुश्किल'मा करन र काजोलको टिमअप भएको हो ।

