
'चपली हाईट' सिक्वेल टिम बिहिबारदेखी फ्लोरमा गएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म 'चपली हाईट २'को कार्यविनायक मन्दिरमा पुजा अर्चना गर्दै मुहर्त गरिएको हो ।

प्रेम कथामा फिल्म 'सयपत्री' बन्ने भएको छ । बुधबार राजधानीको एक तारे होटलमा आयोजित कार्यक्रमका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो । कार्यक्रममा सैनिकको प्रेमकथा बोल्ने यो फिल्मको फर्स्टलुक अनावरण प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरे ।

बैशाख १२ मा रिलिज हुने फिल्म 'राहदानी'को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको ट्रेलर तथा समावेश एक मारुनी गीत एकसाथ सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा जमेका सौरमराज तुलाधर र अकेशा विष्ट फिल्ममा आए 'जीन्दगी रक्स' भन्दै । तर मोडलिङमा जति जमेका थिए यी दुईको त्यतीकै उद्धार फिल्ममा हुन सकेन् । अभिनयले चर्चा पाएपनि दर्शकले पत्याएनन् ।

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईरालाले नेपाली फिल्म निर्माण तथा निर्देशन गर्ने उद्घोष गरेकी छिन् । विशेष कार्यक्रमको लागी मुम्बईबाट काठमाडौं आएकी मनिषाले अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म बनाउने बोलेकी हुन् ।

अधिकारी व्रदर्स पिक्चर्सको प्रस्तुतीमा द स्काइ मुभिजको सहकार्य रहेको फिल्म के म तिम्रो होइन र को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्ममा मुख्य कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेललाई देखाइएको छ ।

