Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको एक दिनमै 'लुट २' टिजरको रेकर्ड

फिल्मीखबर, काठमाडौं, 2016/06/01
२०१२ मा रिलिज भएको ब्लकवस्टर फिल्म 'लुट' सिक्वेलले युट्युवमा रिलिजको एक दिनमै किर्तिमानी कायम गरेको छ । मंगलबार दिउँसो ४ बजे रिलिज गरिएको टिजर अहिलेसम्म १ लाख ४० हजार पटक हेरिसकिएको छ । संभवत नेपाली फिल्मको टिजर यती धेरै पटक हेरिएको यो पहिलो पटक हो । 
 
 
निश्चल बन्नेतको निर्देशनमा बन्ने 'लुट २'लाई युट्युवमा हेर्ने मध्ये १ हजार ७ सय बराबरले 'लाईक' गरेका छन् भने 'डिसलाईक'को संख्या त्यसको ५ प्रतिशत आसपास छ । त्यस्तै कमेन्टमा पनि उत्साहजनक प्रतिक्रिया दर्शकले पोखेका छन् । 
 
अर्को हप्ता फ्लोरमा जाने र फागुनमा रिलिज गरिने लक्ष्य राखिएको यो फिल्मको टिजरप्रति प्रतिक्रिया राख्दै धेरैले 'मस्ट अवेटेड' फिल्म लेखेका छन् । फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, सौगात मल्ल लगायत अभिनयमा रहनेछन् । 
 
यसअघि अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'को ट्रेलर पनि रिलिजको २४ घण्टामै भाईरल बनेको थियो । 
Most Visited News (monthly)