बर्ष २०१६ को प्रतिच्छित फिल्म 'सुल्तान'को पहिलो गीत रिलिज भएको छ । 'बेबीको बास पसन्द है' बोलको सार्वजनिक गीत रोमान्टिक लाग्छ । जहाँ लिड कलााकर सलमान खान र अनुष्का फिचरिङमा छन् ।
गत हप्ता रिलिज ट्रेलरले ऐतिहासिक रेकर्ड युट्युवमा कायम गरिसकेको छ भने मंगलबार साँझ सार्वजनिक गीत पनि अहिलेसम्म युट्युवमा २३ लाख बराबरले हेरिसकेका छन् ।
जुलाई ६ अर्थात ईदको अबसरमा रिलिज हुने 'सुल्तान'लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । एक्शन कट मा भने अलि अब्बास जफार छन् । फिल्मलाई लिएर सलमानका फ्यानहरु तथा बलिउड फिल्म पारखीहरु उत्साहित छन् ।

