
यो सबै घटनापछि फिल्म युनिटले पहिलो पटक सलोन, गौरव लगायतका अन्य कलाकार अटाएको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा मेनका प्रधान, ऋतिक शाही पनि अटाएका छन भने अनमोल सृष्टि पनि ।

'जेरी' डेब्यू तथा निर्माण घोषित फिल्म 'ग्याङ्गस्टार ब्लूज' अभिनेत्री आना शर्माले ग्याङ्गस्टार टिमसँग सरप्राईज जन्मदिन केक काटेकी छिन् । आनालाई केहि नभनी बोलाएर निर्माता सरोज न्यौपाने, निर्देशक हेमराज बिसीले जन्मदिन मनाईदिए ।



लजाउँदै एक्शन स्टार निखिल उप्रेतीले अभिनेत्री नीता ढुङ्गानाको निधारमा रातो टिका लगाउँदा नीता मख्ख देखिन्थिन् । त्यसोको प्रतिउत्तरमा नीताले पनि निखिलको निधारमा टिका लगाईदिँदा माहोल तालीले गर्मियो ।

सधैंजसो राजनीतिक कार्यक्रममा व्यस्त हुने नीति निर्माणको काममा व्यस्त हुने कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत सोमबार भने एक फिल्मको 'एक्शन कट'मा देखिए । अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुङ्गाना 'सट' दिन तयार थिए । सोही बीचमा महतले एक्शन भने ।

