Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण नै नेफ्टाको मुल उद्देश्यः अध्यक्ष लामा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/04
लगातार तीन अवार्ड विदेशी भुमीका फिल्म अवार्ड गरेर रेकर्ड राखेको चलचित्र प्राविधिक संघ 'नेफ्टा' को तर्फबाट नवौं संस्करणको अवार्ड पुनः दुबईमा हुँदैछ । आगामी पौष ८ अर्थात डिसेम्बर २३ मा दुबईमा हुने अवार्डको मनोनयन सार्वजनिक भईसकेको छ । 
 
 
नेफ्टा र नेफ्टा अवार्डको सेरोफेरोमा रहेर फिल्मीखबरले संस्थाका अध्यक्ष पुस्कर लामासँग गरेको भिडियो कुराकानीमा उनले आफ्नो र संस्थाको मुल उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण रहेको बताएका छन् । 'नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय समुदायस्म पुर्याउने तथा स्तर उन्नती नै हाम्रो मुल उद्देश्य हो उनले भने ।' 
 
प्राविधिक संघको अवार्डमा प्राविधिक नै बाहेस हुने भन्ने प्रसंगमा उनले त्यस्तो नभएको दाबी गर्दै प्राविधिकहरुको हक र हितको लागी नै यो प्रकारको कार्यक्रमहरु हुँदै आएको बताए । 'नोमिनेशन' को बारेमा उत्पन्न विवादको बारेमा गरिएको प्रश्नमा जवाफ फर्काउँदै लामाले अन्य अवार्ड र आफ्नो अवार्डको लक्ष्य र प्रकृति फरक रहेको दाबी गर्दै कुन अवार्डमा को अट्यो र कसले पायो भन्दा पनि नेफ्टा के गर्दैछ भन्नेमा सोच्न सबैलाई आग्रह गरे । 
 
मनोनयन तथा नतिजाको सम्पुर्ण अधिकार जुरीमा सिमित रहेको भन्दै जुरीमाथी कहिल्यै हस्ताक्षेप नहुने दाबी उनको छ । आफुहरुकै पहलमा दुबईमा पहिलो पटक स्थानिय थियटरमा नेपाली फिल्म हप्तैपिच्छे लगातार लाग्नेगरी काम भईसकेको भन्दै आगामी दिनमा पनि यो प्रकारको काममा नेफ्टा सधैं अघि बढ्ने कथन उनको छ । 
 
(लामासँग गरिएको भिडियो कुराकानी उल्लेखित लिङ्कमा उपलब्ध छ)
Most Visited News (monthly)