Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा सृष्टि र आरबिकेसहित विभिन्न कलाकर्मी सम्मानित

फिल्मीखबर, काठमाडौं, 2016/11/03
 
तिहारको छेकोमा नेपाल तरुण दल काठमाडौं क्षेत्रिय समितिले विभिन्न कलाकर्मीलाई सम्मान गरेको छ । कांग्रेस नेता तथा पुर्व वप प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फिल्म तथा संगीत क्षेत्रका विभिन्न अनुहारहरुलाई सम्मान गरिएको हो । 
 
 
पुर्व मिस नेपाल तथा 'गाजलु' अभिनेत्री सृ्ष्टि श्रेष्ठ, निर्देशक आरविके खत्री शरद, निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, अभिनेत्री नीता ढुङगाना, म्यासेन्जर व्याण्डका गायक राजेश हमालसँगै वरिष्ट कलाकार प्रेमध्वज प्रधानसहितका विभिन्न व्याक्तीहरुलाई सम्मान गरिएको हो । 
 
 
सम्मानित व्याक्तित्वहरुलाई प्रमुख अतिथी सभासद समेत रहेका सिंहले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका थिए । कलाकारलाई राष्ट्रको गहना भन्दै देशको शिर उँचो बनाउन तथा कला संस्कृतिको जगेर्नामा उनिहरुले पुर्याउँदै आएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजकले बताएको छ ।
 
 
सम्मानित निर्देशक शरद लामो समयदेखि फिल्म निर्देशन तथा सामाजिक चेतनामुलक डकुमेन्ट्री निर्माणमा सकृय छन् भने अन्य कलाकारहरुले समेत देशको कला संस्कृति जगेर्ना तथा सामाजिक कार्यमा सकृय हुँदै आईरहेका छन् । 
Most Visited News (monthly)