Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकमाझ 'दि विनर', रिलिज पहिले नै घोषणा भयो सिक्वेल

फिल्मीखबर, काठमाडौं, 2016/11/04
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी फिल्म 'दि विनर' प्रदर्शनमा आएको छ । यसअघि ' दि फेमस' पनि रिलिजको प्रचार पश्चात अन्तिम समयमा रिलिज सर्दै मंसिर ३ मा पुगेपछि विनरले सोलो रिलिजको अबसर पाएको हो । 
 
तर गत हप्ता रिलिज नेपाली तथा हिन्दी फिल्मको होल्ड ओभर कायमै हुँदा फिल्मले धेरै हल पाएको छैन् । मल्टिप्लेक्स तथा सिंगल थियटरमा एकसाथ प्रदर्शनमा आएको फिल्मलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् । 
 
अष्ट्रेलिया, नेपालसँगै दुबईमा खिचिएको फिल्ममा मलिना जोशी, मञ्चिन श्रेष्ठ, महेश श्रेष्ठ लगायत लिड अभिनयमा छन् । यसैबीच रिलिजको अघिल्लो दिन बिहिबार यो फिल्मको सिक्वेल समेत निर्माणको घोषणा भएको छ । 
 
निर्माणामा नयाँ साझेदारी रहने भनिएको फिल्ममा निर्देशक तथा लिड कलाकार दोहोरिने संभावना भनिएको छ । 'दि विनर २' नाम रहनेगरी बन्ने फिल्म नेपालसँगै अष्ट्रेलियामा पनि खिचिने बताईएको छ ।
Most Visited News (monthly)