माघे संक्रान्तिको छेकोमा पौष २९ बाट प्रदर्शनमा आउने भनिएको फिल्म 'कारखाना'को लिरिकल भिडियो गीत युट्युवमा आएको छ । सार्वजनिक 'मायाले बोलेको' बोलको लिरिकल भिडियोमा फिल्मको स्टिल तश्विर समेटिएको छ ।
रोमान्टिम जनराको गीतले प्रेमभाव बोल्छ । जहाँ लिड अभिनेता सुशिल श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटी फिचरिङमा छन् ।
ड्यू फिल्मस् को प्रस्तुतीमा बनेको फिल्मको सार्वजनिक गीतमा शब्द तथा संगीत हर्कुलस बस्नेतको छ भने स्वर सुगम पोखरेल र निखिता थापाको छ । अमरद्विप सापकोटाको निर्देशन रहेको फिल्ममा नविन लम्साल, जेविक कार्की, विकाश उप्रेती, सुपी थापा लगायत लिड अभिनयमा छन् ।

