Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आँचललाई आउट गर्दै कान्छा निर्देशकको 'हैरान' फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2016/11/03
 
विश्वका कान्छा निर्देशक सौगात बिष्टको एक्शन कट रहने फिल्म 'हैरान' फ्लोरमा गएको छ । केहि महिना पहिले राजधानीमा कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको फिल्म लामो समयपछि फ्लोरमा गएको हो । 
 
 
फिल्म निर्माण घोषणामा अभिनेत्रीमा 'नाई नभन्नु ल ४' डेब्यू गर्ल आँचल शर्मा लिड अभिनेत्रीमा रहने भनिएता पनि मुहर्तमा भने उनलाई आरोही शर्माले रिप्लेस गरेकी छिन् । कास्टिङ डाईरेक्टर शान्तिप्रियले आँचलको समय नमिलेका कारण आरोहीलाई डेब्यू दिन लागेको बताए । 
 
आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानीको कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निर्माण टिमले बताएको छ ।  'हैरान'मा आरोहिसँगै गजित बिष्ट,निश्मा घिमिरे,सत्य राज आचार्य,सलोन बस्नेत, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहने छ ।
 
फिल्मलाई डान्स फेभर र एम.के. फिल्मस् प्रालीको ब्यानरमा मुक्ति गुरुङ,मोहन कृष्ण श्रेष्ठ र डा.वाई.एल.लामाले निर्माण गर्न लागेका हुन् ।
Most Visited News (monthly)