Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर नभएपछि रोकियो 'दि फेमस', अब मंसिर ३ मा आउने

फिल्मीखबर, काठमाडौं, 2016/11/03
 
 
भोली अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'दि फेमस' रिलिज पोष्टपोण्ड भएको छ । निर्देशक समिर बलामीले प्राविधिक कारणबस फिल्मको रिलिज रोकिएको भन्दै अब मंसिर ३ मा मात्र रिलिज हुने बताए । 
 
प्राविधिक कारणसँगै समय अभावका कारण फिल्मको सेन्सर हुन नसकेको भन्दै भारतिय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण पनि यसको कारण रहेको बलामीले बताए ।
 
'सञ्चार मन्त्रालयमा सेन्सर डकुमेन्ट लिन जाँदा मुखर्जीको भ्रमणले राजस्व साखा बन्द रहेको भनियो, कागजपत्र जुटाउन नै पाईएन', बलामीले भने, 'अब विस्तारै सबै काम सकाएर फिल्म मंसिर ३ मा रिलिज गर्ने निर्णयमा पुगेका छौं ।'
 
फिल्म वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले पनि 'दि फेमस' मंसिर ३ मा आउने पुष्टि गरे । त्रिकोणात्मक प्रेमकथा बोल्ने भनिएको फिल्ममा सविना कार्की, प्रमोद खड्का, सुमन थापा, सोनिया जिआर, सुरवी जैन विष्ट, रश्मि भट्ट लगायत अभिनयमा छन् ।
 
यो फिल्म नआउने भएपछि भोली नै रिलिज हुन लागेको फिल्म 'दि विनर'ले सोलो रिलिजको अबसर पाएको छ । तर अघिल्लो हप्ता रिलिज नेपाली तथा हिन्दी फिल्मको होल्ड ओभरका कारण 'दि विनर'ले धेरै हल पाउने संभावना कम छ ।
Most Visited News (monthly)