

फिल्मीखबरसँगको कुराकानीमा मानन्धरले यो कुराको पुष्टि गरे । 'प्रविण जीले ल्याएको नयाँ प्रोजेक्टको आन्तरिक तयारीमा व्यस्त छौं, अबको मेरो फिल्म प्रविणले नै निर्देशन गर्नेछन्', मानन्धरले भने ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार फिल्म 'लालटिन'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा कलाकारहरुलाई छायाँमा राखिएको छ भने सांकेतिक रुपमा 'लालटिन'मात्र देखाईएको छ ।

अभिरुची तीनै युवती हुन् जसले केहि बर्ष पहिले महानायक राजेश हमालसँग विहे गर्छु भन्ने खबर मिडियामा ल्याएर हंगामा मच्चाएकी थिईन् । त्यसो र अभिरुचीले हमालले बिहे नगरी बिहे नै गर्दिन समेत भनेकी थिईन् ।

फुटको संघारमा पुगेको चर्चाका बीच चलचित्र निर्माता संघको कार्य समितिबाट तीन पदाधीकारीले राजिनामा दिएका छन् । बुधबार प्रथम उपाध्यक्ष उदय सुब्बा सहित दुई सदस्यले राजिनामा दिएका हुन् ।

दयाहाङ राई, पछिल्लो रिलिज हाउ फन्नीपछि पर्दामा विश्राम गरिरहेका छन् । तर भदौ महिनामा भने लगातार जसो उनका फिल्म आउँदैछन् । एकपछि अर्को हप्ता गरेर फिल्म प्रदर्शनमा आउँदा उनलाई घाटा होला कि फाईदा ?

